काठमाण्डौ । महालेखापरीक्षक कार्यालयको कार्यालयमा धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुको विगत ५ वर्षको कारोबारको छानबिन गरी कर असुल गर्न सरकारलाई सिफारिस गरेको छ। 

महालेखापरीक्षकको ५९ औँ वार्षिक प्रतिवेदनमा सरकारलाई यस्तो सिफारिस गरिएको हो। प्रतिवेदनमा हाल सञ्चालनमा रहेका ५० वटा ब्रोकरले पुँजीगत लाभकर असुल नगरेको भन्दै २०७३/७४ देखि २०७७/७८ सम्मको कारोबार छानबिन गरी कर निर्धारण गर्नुपर्ने उल्लेख छ। 

आयकर ऐन, २०५८ को दफा ४७ मा गाभिने संस्थाको सेयर बिक्री गर्दा २ वर्षसम्म पुँजीगत लाभकर नलाग्ने व्यवस्था गरेको छ। उक्त व्यवस्थाअनुसार गाभिएको निकायका साविकका सेयरधनीहरुले मात्र छुट सृुविधा पाउने पाउने कानुनी व्यवस्था छ। तर, गाभिएपछि पनि ब्रोकरहरुले सबै सेयरधनीको सेयर कारोबारमा पुँजीगत लाभकरमा छुट दिएको पाइएको प्रतिवेदनमा उल्लेख छ। 

त्यसैले ती ब्रोकरको कारोबारमा छानबिन कर असुल गर्नुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ।