काठमाण्डौ । भारत भ्रमणमा रहेका नेपालका ब्रोकर हाउसका प्रतिनिधिले आज पहिलो दिन बम्बई स्टक एक्सचेन्ज (बीएसई)मा बजारसम्बन्धी तालिम लिएका छन्। 

स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीका अनुसार पहिलो दिन बीएसईमा बजार म्यानुपुलेसलन र कारोबार प्रणालीका बारेमा तालिम लिइएको छ। मूल्यमा हुने उतारचढाव तथा व्यवस्थित कारोबार प्रणालीका बारेमा तालिम लिइएको मैनालीले जानकारी दिए। 

तालिममा आधिकारिक व्यक्तिबाट देशव्यापी ब्रोकरको व्यापार कसरी विस्तार गर्ने र कारोबार प्रणालीलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा जानकारी प्राप्त भएको मैनालीले बताए। 

नेपालका ५० वटै ब्रोकरका प्रतिनिधि ५ दिनका लागि भारतमा सञ्चालनमा रहेका ब्रोकरहरूबारे अध्ययनका लागि हिजो आइतबार भारत पुगेका हुन्। ‘अहिले नेपाली बजारमा विभिन्न फोरममा भारतमा डेरिभेटिभलगायत अन्य विभिन्न वित्तीय प्रडक्ट कसरी सञ्चालन भइरहेको छ भनेर अध्ययन गर्ने नै हाम्रो भिजिटको मुख्य उद्देश्य रहेको छ’, मैनालीले भने।