– अर्जुन तिमिल्सिना
काठमाण्डौ । दसैँ मनाउने सबैको आ–आफ्नै शैली र तरिका हुन्छ। बालपनको मानिसको स्वभाव र इच्छा ठूलो भएपछि पनि रहन सक्छ। खासगरी देशको भू-भाग र मानिसको उमेरअनुसार पनि दसैँ मनाउन तरिका फरक–फरक पाइन्छ।
राजधानी काठमाण्डौमा दसैँ मनाउने तरिका अलिक फरक नै रहेको छ। काठमाण्डौमा दसैँ भन्नेबित्तिकै चंगा उडाउने र चंगा चेटको रमाइलो अनुभव हुने गर्छन्। योसँग सम्बन्धित रहेर हामीले केही नयाँ तथा पुराना ब्रोकरलाई उनीहरुको दसैँ अनुभव र योजनाको विषयमा गफगाफ गरेका छौँ।
केही समय पहिले सञ्चालनमा आएको क्यापिटल म्याक्स सेक्युरिटिज (स्टक ब्रोकर नं. ६२) का सञ्चालक अतितलाल श्रेष्ठ काठमाण्डौकै पुराना बासिन्दा हुन्। उनीलाई दसैँ भन्नेबित्तिकै चंगा चेटको बढी याद आउँछ। उनले चंगा उडाउन छाडेको धेरै भएको छैन। उनलाई बालपनमा काकाहरुसँग चंगा उडाएको अहिले पनि झल्झली याद आउँछ।
काठमाण्डौमा चंगा उडाउने परम्परा नै रहेको श्रेष्ठ मान्छन्। उनी अहिले पनि बच्चाहरुलाई चंगा उडाउन प्रेरित गर्छन्।
चंगा चेट कार्यक्रममा एकैपटक १५ वटासम्म चंगा चेट गरेको रमाइलो अनुभव पनि श्रेष्ठ सुनाउँछन्।
दसैँको अर्को विशेषता भनेको पारिवारिक जमघट नै रहेको श्रेष्ठ बताउँछन्। यसपालिको दसैँमा उनको परिवार माल्दिभ्सतिर घुमघाम गर्न जानेछ। दसैँको उपलक्ष्यमा श्रेष्ठले लगानीकर्ता तथा आफ्ना साथीभाइलाई शुभकामना दिँदै पारिवारिक आत्मीयता बढाउन सुझाव दिन्छन्।
यसैगरी श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नं. २५)का सञ्चालक सुयोग अधिकारी पनि यो दसैँ काठमाण्डौमै साथीभाइसँग भेटघाट गरेर मनाउने योजनामा छन्। केही ज्ञानगुनका किताब पढेर पनि दसैँ मनाउने उनको योजना छ। यो दसैँमा आन्तरिक पर्यटनलाई बढाव दिने गरी केही घुम्न जाने सोच पनि रहेको उनले सुनाए।
अधिकारीले १२ वर्षको उमेरमा दसैँमा चंगा उडाउँदै माथि हेर्दा खाल्डोमा खसेका अविष्मरणीय क्षण पनि सुनाए। ‘खाल्डोमा खसे पनि चंगा उडाउने रहर उस्तै छ’, लगानीकर्तालाई दसैँको शुभाकामना दिँदै उनले भने, ‘त्यसैले परिस्थितिजस्तो भए पनि लगानीकर्तालाई धैर्यता राख्न म सुझाव दिन्छु।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19