-भक्तराज रसाइली
काठमाण्डौ । कारोबार भोल्युममा पहिरो जाने त्रासका कारण स्टक ब्रोकरहरुकै असहयोगले डिम्याट इन्टीग्रेसन हुन नसकेको खुलासा भएको छ ।
नेप्से अनलाइन प्रणालीमा डिम्याट अकाउन्ट एकीकृत भई धितोपत्र दोस्रो बजारमा कारोबार भइरहँदा अफलाइन कारोबारमा स्टक ब्रोकरहरुको अनिच्छाका कारण क्लोजआउटको परिमाण वृद्धि भइरहेको खुलासा भएको छ ।
नेप्सेस्थित उच्च स्रोतका अनुसार शतप्रतिशत लगानी रहेको नेप्सेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमिटेडसँग डिम्याट खाता इन्टीग्रेसन गरिसकिएको, तर ब्रोकरहरुले कारोबार संख्या र रकममा पहिरो जाने भन्दै जिकिर र असहयोग भएको छ ।
ब्रोकरहरुको जिकिरका कारण अफलाइन कारोबारमा डिम्याट खाता इन्टीग्रेसन हुन नसकिरहेका बेला भने हाललाई अनलाइनमा मात्र इन्टीग्रेसन गरिएको खुलासा भएको छ । अनलाइन युजरहरुले पनि डिम्याट खाता होल्डिङ अप्सन ब्रोकरबाट एक्टिभ नगराउँदा इन्टीग्रेसनले पूर्णता पाउन सकेको छैन । ‘आज किनेर भोलि बेच्न पाइँदैन, तर यहाँ सेयर कारोबारीहरुले यस्तो गतिविधि गरिरहेका छन् यो सरासर गैरकानूनी हो ।’ स्रोतले भन्यो–‘धितो लिएका सेयरसमेत बेच्ने र ब्रोकरबाट ग्यारेन्टी चिठ्ठी पठाई बैंकबाट धितो फुकुवा गरी धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट भइरहेको छ ।’
हाल नेप्सेले सञ्चालनमा ल्याएको स्वचालित अनलाइन कारोबार प्रणालीमा आवद्ध भई कारोबार गरिरहेका लगानीकर्ताहरुले आफ्ना ब्रोकरबाट डीपी अकाउन्ट होल्डिङ अन वा अफ दुुईवटा अप्सन रहेका र ब्रोकरले अन गरिदिए सेयरधनीले आफ्नो डिम्याट खातामा बेच्न सकिने परिमाण मात्र बेच्न सकिन्छ । तर ब्रोकरबाट अनलाइन कारोबार लिइएका सेयरकारोबारीले डीपी अकाउन्ट होल्डिङसमेत अन गर्न अनुरोध गर्नुपर्ने हुन्छ । यसबाट क्लोजआउट नै पर्दैन किनकि सिस्टमले नै कारोबारीको अर्डरलाई स्वीकार्दैन र कारोबार सम्पन्न हुन पाउँदैन ।
यता, अफलाइनमा भने डीपी अकाउन्ट होल्डिङको जानकारी टिएमएस(ट्रेडिङ म्यानेजमेन्ट सिस्टम)मा ब्रोकरहरुले नै प्रमाणीकरण नगर्न भनेपछि नेप्से पछि सरेको स्रोतले बिजशालालाई बतायो ।
डिम्याट खातामा नै नआई बिक्री गर्ने प्रवृत्ति पछिल्लो समय निकै मौलाएको र क्लोजआउटको समस्या समेत उल्लेख्य बढिरहेको पाइन्छ । अल्पकालीन नाफा कुम्ल्याउने मनोवृत्ति लगानीकर्ताहरुमा बढिरहेकाले आफ्नो खातामा नै नआई सेयर बिक्री गर्ने प्रवृत्तिले क्लोजआउट बढ्दा ब्रोकरहरु स्वयम्लाई टाउको दुखाइको विषय त बनिरहेको छ नै खातामा आइपुग्न टीप्लस थ्री चक्र पर्खदा लगानीकर्ताले छोटो समयमा नाफा कमाउने अवसर गुमाउने अनि कारोबार भोल्युममा समेत पहिरो जाने भयले डिम्याट खाता इन्ट्रीगेसन सिस्टम लागू नगर्न ब्रोकरहरुले नै हारगुहार गरेको तथ्य पत्ता लागेको छ ।
डिम्याट इन्ट्रीगेसन पूर्णत कार्यान्वयनमा आए बजार थप पारदर्शी हुने र बजारको अनुशासन कायम हुने जानकार बताउँछन् । धितोपत्र दोस्रो बजारमा हाल डिम्याट इन्ट्रीगेसनमा भएको अवरोधले केही समय कारोबार भोल्युममा नकारात्मक असर परेतापनि कालान्तरमा भने बजार स्वच्छ र अनुशासित ढंगले सञ्चालन हुँदा लगानीकर्ता र ब्रोकरहरुको हित हुने जानकारको भनाइ छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago