काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सिडिएससी)ले स्टक ब्रोकरहरुको सिएनएस(क्लियरिङ एण्ड सेटलमेन्ट)को यूजर संख्या बढाउने भएको छ ।
कारोबार रकममा उल्लेख्य वृद्धि भएसँगै कारोबार संख्यामा समेत बढोत्तरी भएपछि सिडिएसीले ब्रोकरहरुलाई सिएनएस यूजर आवश्यकताअनुसार दिने भएको हो ।
पुुतलीसडकस्थित एक ब्रोकर हाउसको सिएनएस विभाग सम्हाल्दै आएका एक कर्मचारीले कारोबार संख्या बढेपछि सेटलमेन्ट गर्न सीमित सिएनएस यूजरले मात्र नपुग्ने दाबी गर्र्दै सिएनएस सिस्टमसमेत सुुस्त भएको गुुुनासो पोखे ।
कारोबार राफसाफकै लागि हिजोआज ब्रोकर कम्पनीका कर्मचारीहरुसमेत बेलुुकी ८ बजेसम्म बसेर सिएनएसको कार्य गर्नुु परेको बताउँछन् ।
कारोबार संख्या वृद्धि भई धितोपत्र कारोबार राफसाफ गर्न हिजोआज ब्रोकर हाउसहरुलाई समेत निकै धपेडी र दौडधूप बढेको छ ।
उसो त हिजोका दिनमा प्रत्येक ब्रोकरहरुलाई शाखासहित ३ वटामात्रै सिएनएस युजर लगइन वितरण गरिएको थियो । अब उप्रान्त ब्रोकर कम्पनीहरुले कर्मचारी संख्या थप गरी सिएनएस यूजर थप गर्नुुपर्ने सिडिएससीका प्रवक्ता सुुरेश न्यौपानेको भनाइ छ ।
पछिल्लो समय ब्रोकर कम्पनीहरुमा धितोपत्र दोस्रो बजारमा भएका कारोबार संख्या दिनानुुदिन वृद्धि भइरहेको छ । आज मात्र नेप्सेमा सूूचीकृत कम्पनीहरुमध्ये १८३ कम्पनीको १ करोड २५ लाख बढी कित्ता सेयर ३९२८९ वटा कारोबारमार्फत किनबेच भयो, जुुन दिनहुँ बढ्दो क्रममा छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago