काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षदेखि ब्रोकर कम्पनीहरुलाई आधिकारिक प्रतिनिधि नियुुक्त गर्न दिने व्यवस्था लागू गर्ने भएको छ ।
बोर्डले यही महिना सार्वजनिक गर्ने बोर्डको वार्षिक नीति तथा कार्यक्रममा नै समावेश गर्दै ब्रोकरहरुलाई आधिकारिक प्रतिनिधिको नियुक्त गर्ने दिने व्यवस्था गरी पूूँजी बजारको विकास र विस्तार गर्न लागेको हो ।
धितोपत्र सम्बन्धी ऐन,२०६३ को परिच्छेद ५ को बुुँदा नम्बर ६५ मा नै ब्रोकरहरुले आधिकारिक प्रतिनिधि तोक्न पाउने व्यवस्था छ ।
धितोपत्र बजारको व्यापक विस्तारका लागि अचूूक मानिएको आधिकारिक प्रतिनिधिको मोडलमा धितोपत्र दलाल व्यवसायी र सम्बन्धित प्रतिनिधिबीच आपसी समन्वय र सम्झौतामा तथा दलाल व्यवसायीको सिफारिसमा बोर्डको आवश्यक मापदण्ड पास गरिसकेपछि मात्रै आधिकारिक प्रतिनिधि हुुन पाउने प्रावधान छ । आधिकारिक प्रतिनिधिले गरेको सम्पूूर्ण कामहरुको जिम्मेवारी त्यसरी आधिकारिक प्रतिनिधि नियुुक्त गर्ने धितोपत्र व्यवसायीकै हुुने ऐनमा उल्लेख छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago