काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले स्टक ब्रोकर नम्बर ४४ डाइनामिक मनी मेनेजर्स प्रालिको सदस्यता निलम्बन गरेको छ।

ब्रोकर नम्बर ४४ ले कारोबार इकाइमा भएको धितोपत्रलाई अडलटमा टुक्र्याई कारोबार गरेको देखिएकाले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार गर्नुपर्ने कार्य नगरेको तथा धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम ७(१) विपरीत कार्य गरेकाले नेप्सले निलम्बन र सचेत गराएको जनाएको छ।

गलत प्रयोजन राखी जानाजान धितोपत्रको अडलट बिक्री गरेको ब्रोकर नम्बर ४४ ले आज आइतबार सेयर खरिदबिक्री रोक्का भएको छ भने अबोप्रान्त यस्तो कार्य नगर्न सचेतसमेत गराइएको नेप्सेको भनाइ छ।

कुनै पनि कम्पनीको सेयरमूूल्य घटबढ गराउने योजनासहित ब्रोकरहरुले जानाजान अडलाउटमा सेयर कारोबार गर्ने गर्दछन्। बजारलाई अस्वभाविक रुपमा घटबढ बढाउन यस्तो प्रयास भइरहेको सन्दर्भमा नेप्सेले सूक्ष्म ढंगले अनुसन्धान गरी ब्रोकरलाई कारबाहीको दायरामा ल्याउनु बजारको पारदर्शिता अभिवृद्धि गर्नु रहेको जानकार बताउँछन्।

कुनै पनि कम्पनीको सेयर १० कित्ताभन्दा कम भए नेप्सेले नियमित समयमा अडलटमा सेयर बिक्री गर्ने प्रावधानसमेत राखेको छ। तर १० कित्ताभन्दा माथि भएचाहिँ अडलट (१ कित्ता देखि ९ कित्ता) सेयर बेच्न नपाइने व्यवस्था छ।