काठमाण्डौ । कर्जा सूचना केन्द्रको कालोसूचिमा परेको सेयर ब्रोकर नम्बर ८ को आशुतोष ब्रोकेज एण्ड सेक्युरिटिज कम्पनीको सदस्यता निलम्बन भएको छ ।
नेपाल स्टक एक्सचेञ्जले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो ब्रोकर कम्पनी र त्यसका संचालक कर्जा सूचना केन्द्रको कालोसूचिमा परेको देखिएको भन्दै लाइसेन्स स्थगन गरेको हो । यो कारबाहीसँगै सो ब्रोकरले अर्को व्यवस्था नभएसम्म धितोपत्रको कारोबार गर्न पाउनेछैन । सो कम्पनीबाट हुने कारोबार राफसाफ तथा फछ्र्यौट लगायतका अन्य आर्थिक कारोबार पनि हालका लागि नेप्सेसँग समन्वय गरेर मात्र गर्न नेप्सले निर्देशन दिएको छ ।
नेप्सेले कम्पनीलाई त्यसरी कर्जा सूचना केन्द्रको कालोसूचिमा पर्नका कारण तथा तथ्य खुलाई ७ दिनभित्रमा लिखित जवाफ पेश गर्न समेत भनेको छ ।
यो कम्पनीलाई कर्जा सूचना केन्द्रले पुस ८ गते कालो सूचीमा राखेको थियो ।
धितोपत्र व्यवसायी नियमावली २०६४ को दफा १८ का आधारमा आशुतोष ब्रोकेज एण्ड सेक्यूरिटिज कम्पनीको शेयर ब्रोकर सदस्यता निलम्बन गरी धितोपत्रको कारोबार गर्नबाट रोक लगाउनु परेको नेप्सेको प्रष्टोक्ति छ ।
बैंकबाट लिएको कर्जा तोकिएको समयमा भुक्तानी नगर्ने तथा लामो समयसम्म सो कर्जा नतिरेमा त्यस्ता व्यक्ति तथा कम्पनी (संस्था)लाई सम्बन्धित बैंकहरुको उजुरीपछि कर्जा सूचना केन्द्रले कालोसूचिमा राख्ने गर्छ ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजवार निर्माता) नियमावली २०६४ को नियम १८(छ) मा सञ्चालक वा कार्यकारी प्रमुख अयोग्यता ‘आफू वा आफू सञ्चालक वा कार्यकारी प्रमुख रहेको कम्पनी वा संगठित संस्था साहुको ऋण तिर्न नसकि दामासहिमा परेको भए पाँच बर्ष पूरा भएको र ‘छ’ मा आफू वा आफू सञ्चालक वा कार्यकारी प्रमुख रहेको कम्पनी वा संगठित संस्था कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको अवधिभर अयोग्य हुने व्यवस्था रहेको छ ।
उपयुक्त नियमावलीको नियम १८ ‘छ’ मा भएको व्यवस्थाको विपरीत काम भए गरेकाले आशुतोष सेक्यूरिटिजलाई माथि उल्लेखित विनियमावलीको विनियम ७ को २ (ख) बमोजिम अर्को निर्णय नभएसम्मका लागि सदस्याता निलम्बन गरी धितोपत्र कारोबार गर्नबाट रोक लगाइएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19