-भक्तराज रसाइली
काठमाण्डौ । ब्रोकर कमिसन घट्ने अन्तिम अवस्थामा नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसनको विषयमा अध्ययन गर्ने भन्दै फेरि अर्को अध्ययन कमिटी बनाउने भएको छ ।
गत वर्षको अन्ततिर बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीको नेतृत्वमा ब्रोकर कमिसन घटाउन कमिटी गठन भएको थियो । सो कमिटीले यही असार महिनादेखि घटेको नयाँ कमिसन लागूू गर्न उपयुक्त हुने सुझाव दिएको थियो, तर ब्रोकर अनुकूल प्रतिवेदन नआएपछि बोर्डले सो कमिटीलाई नै खारेज गरी अर्को कमिटी गठन गर्ने निर्णय गरेको हो ।
ब्रोकर कमिसनको विषयमा अध्ययन गर्न अर्को कमिटी गठन भएको बोर्ड अध्यक्ष डा. भीष्मराज ढुुंगानाले पनि पुष्टि गरे । उनले बिजशालासँग भने-'ब्रोकर कमिसन पुुनरावलोकन गर्न नयाँ अनलाइन कारोबार प्रणालीसँगै ब्रोकर कमिसन अध्ययन गर्न नयाँ टोली बनाइनेछ । सो टोलीको संयोजक धितोपत्र बोर्डको बोर्डले तय गर्ने र अध्ययन अवधि २ महिनाको हुुनेछ ।'
बोर्डको यो निर्णयसँगै सेयर बजारका निम्ति कुनै राहत प्याकेज नआइरहँदा ब्रोकर कमिसन घट्ने लगानीकर्ताको व्यग्र प्रतीक्षा र आशामाथि ठूूलो झट्का लागेको छ ।
स्रोतकाअनुुसार नयाँ ब्रोकर कमिसन ०.२० प्रतिशत बनाउने तयारी भइसकेको थियो, जुुन मुुद्रा तथा पूूँजीबजार अध्ययन समितिले पेश गरेको ५८ बुुँदे सुुझावमा समेत समोवश थियो ।
किन बन्दैछ नयाँ कमिटी ?
असारको सुुरुवातमा नै बिजशालाले यही असारदेखि ब्रोकर कमिसन घट्ने समाचार ब्रेक गरेको थियो । सो समाचार थाहा पाएपछि स्कट ब्रोकरहरुले आफ्नो कमाइ गुुुम्ने डरले बोर्डलाई प्रभाव पार्न तीव्र लबिंग गरे । सो क्रममा पुुरानो कमिटीका संयोजक डा. नवराज अधिकारीलाई बर्खास्त गरी ब्रोकरनिकटका अर्का व्यक्तिलाई संयोजक बनाउने ब्रोकरहरुको ग्राण्ड डिजाइन सफल बन्यो ।
किनकि डा. नवराज अधिकारी बोर्डका निर्विवाद कर्मचारीका रुपमा चिनिन्छन्, जो सहजै ब्रोकरहरुको गुुलियोमा भूलियोको हालसम्म कुनै घटना बाहिर आएको छैन । बोर्ड अध्यक्ष डा. भीष्मराज ढुुंगानालाई ब्रोकरहरुले प्रभावित गरी ब्रोकर कमिसन तत्काल नघटाउन र कमिटीका नाउँमा ब्रोकर कमिसन घटाउने योजनालाई आलटाल गर्न समेत नयाँ कमिटी गठन गर्न खोजिएको स्रोतको भनाई छ ।
अध्यक्ष ढुुंगानाले ब्रोकर कमिसन पुुनरावलोकन गर्न बन्ने कमिटीमा ब्रोकरहरुको समेत प्रतिनिधित्व गराउन खोजेका छन् ।
ब्रोकर कमिसन घटाउने विषयमा बोर्ड मात्र होइन, लगानीकर्ताका कतिपय नेता समेत यूटर्न भएका छन् । यसभित्र समेत खेल भएको स्रोत दाबी गर्छ ।
ब्रोकरहरुले लगानीकर्ता संघसंगठनका नेताहरुलाई लिमिट(सेयर उधारो किन्ने सुुविधा) र ब्रोकर कमिसन १०० प्रतिशत छुुट दिने सम्झौता नै भएको एक लगानीकर्ता संघका एक सदस्यले खुुलासा गरे । ती सदस्यले भने-'लिमिट र कमिसन छुटमा हाम्रा नेता पनि बिके ।'
यहीको परिणाम, बजार खोल्न बनेको बोर्डको कमिटी र लगानीकर्ताका नेताहरुबीच गत शुक्रबार बोर्डस्थित कार्यालयमा छलफल भएको थियो । सो छलफलमा लगानीकर्ताका कुनै पनि नेताले ब्रोकर कमिसनको विषयमा चूँसम्म बोलेनन् । ब्रोकर कमिसन हालकै यथावत राख्न उनीहरुले मौन सहमति दिएको बुझेपछि ब्रोकर र बोर्डका अधिकारीहरुको साँठगाठमा नयाँ अध्ययन समिति बनाउन लागिएको हो । जसले लगानीकर्ताको हित भन्दा ब्रोकरको हित र उनीहरुको हालको कमाई नघट्ने गरी सुनियोजित प्रतिवेदन तयार गर्ने र अहिलेकै ब्रोकर कमिसनदरलाई कायम राख्ने सुझाव दिए, अनौठो नमान्दा हुन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago