काठमाण्डौ । ब्रोकर कमिसन घटाउन बनेको समितिले प्रतिवेदन तयार पारेर नेपाल धितोपत्र बोर्डलाई बुझाएको छ।
दुई महिनाअघि धितोपत्र बोर्डले ब्रोकर कमिसन पुनरावलोकन गर्न समिति गठन गरेको थियो। सोही समितिले आवश्यक अध्ययन गरी प्रतिवेदन बोर्डसमक्ष बुझाइसकेको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए। अब असोजबाट समितिले बुझाएको प्रतिवेदनमाथि सरोकारवाला पक्षसँग बसेर थप छलफल गरी धितोपत्र बोर्डको बोर्डसमक्ष प्रस्तुत गरिने ढुंगानाले बताए।
दैनिक कारोबार रकम बढिरहेकाले ब्रोकर कमिसन घटाइनुपर्ने आवश्यक रहेको ढुंगाना स्वीकार्छन्। ‘तर ब्रोकर कम्पनीका सेवा, पुँजी, खर्चलगायत विषयलाई समेत ख्याल गर्नुपर्नेे हुन्छ’, उनले भने, ‘ब्रोकरहरुले टीएमएस र डेटा सेन्टरमा पनि पुँजीगत लगानी थप्नुपर्ने भएको छ। त्यसैले हामीले ब्रोकर कमिसन घटाउनेभन्दा पनि सेयर बजारमा सिस्टम बनाउन जोड दिने पक्षमा छौँ।’
यद्यपि यी सबै विषयमा सरोकारवाला पक्षसँग थप छलफल गरेपछि मात्र ब्रोकर कमिसनबारे निर्णय हुने ढुंगानाले जानकारी दिए।
पछिल्लो समय धितोपत्रको दोस्रो बजार अनलाइन प्रविधिमार्फत कारोबार भइरहेको तथा विद्युतीय माध्यमद्वारा भुक्तानी हुने भएकाले ब्रोकरहरुको लागत कम पर्ने र ब्रोकर कमिसन घटाइनुपर्ने आवाजहरु उठ्न थालेका छन्। पछिल्लो समय दैनिक कारोबार हुने धितोपत्र बजारमा लगानीकर्ताहरुले नेप्सेको अनलाइन प्रणालीमार्फत ८० प्रतिशतभन्दा बढी सेयर किनबेच भइरहेको नेप्सेले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago