काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स वितरणका लागि हालै जारी गरेको प्रस्तावलाई लगानीकर्ताकर्ता संघसंगठनले स्वागत गरेका छन्।
नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै ब्रोकर लाइसेन्स वितरणमा सेबोनले ‘धितोपत्र व्यवसायी नियमावली, २०६४’मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गर्ने निर्णयलाई स्वागत गरेका हुन्।
पुँजीबजारको विकास र विस्तारमा सेबोनबाट उक्त प्रस्ताव अत्यन्त सराहनीय र प्रशंसनीय रहेको विज्ञप्तिमा उल्लेख छ। ‘उक्त बुँदा कार्यान्वयनमा आएपछि पुँजीबजारको विकास र विस्तारमा कोशेढुंगा सावित हुनेछ’, विज्ञप्तिमा भनिएको छ।
पुँजीबजारको क्षेत्रमा समयानुकूल विकास र विस्तारका लागि तीन तहको ब्रोकर इजाजतपत्र वितरण गर्ने कार्य यथाशीघ्र कार्यान्वयन गर्न सेबोनमार्फत अर्थ मन्त्रालयमको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीसमक्ष विज्ञप्तिमार्फत माग गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago