काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स खुला गर्न भन्दै कार्यविधि लागू गरेको छ ।
नेप्सेले 'नेपाल स्टक एक्सचेञ्ज लिमिटेड वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिस कार्याविधी ,२०७६' बिहीबारदेखि नै लागू हुने गरी जारी गरिएको एक सूचनामार्फत प्रष्ट्याएको हो ।
नेपालको पूँजी बजारको विस्तार तथा लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न वाणिज्य बैंकलाई सहायक कम्पनी मार्फत धितोपत्र खरिदबिक्री गर्न पाउने गरी कार्यविधि जारी गरिएको नेप्सेको भनाई छ ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिह साउदले भोलि(शुक्रबार) नै बैंकका सहायक कम्पनीलाई सेयर ब्रोकरेज सेवा संचालनको अनुमतिका लागि जारी गरिएको कार्यविधि सार्वजनिक गरिने जानकारी दिए ।
साउदले भने–‘वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स आवेदनका लागि भोलि सूचना निकाल्दै छौं ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago