काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ भोलि भदौ १८ गते (सोमबार) बाँडफाँड गरिने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा यो आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान साढे ९ बजे राखिएको छ। मा आवेदन दिने आज भदौ ८ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत भदौ ५ गतेदेखि भदौ ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। 

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो। सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको थियो। 

कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ। 

यसैगरी ५ प्रतिशतले हुन आउने ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी ७ लाख १२ हजार २२० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरिएको थियो। 

सीडीएससीका अनुसार अन्तिम दिनसम्म १० लाख ९० हजार ९५३ आवेदकबाट १ करोड २१ लाख २४ हजार २०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। यो हिसाबले यसमा मागभन्दा १७.०२ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।

मागभन्दा बढी अवावेदन परेकै कारण यो आईपीओ पनि गोलाप्राथबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।