काठमाण्डौ । स्थानीयका लागि जारी भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ भर्ने आज साउन १४ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत असार २४ गतेबाट प्रिमियममा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। विदेशमा रहेका श्रमिकका लागि गत साउन ७ गतेसम्म आईपीओ बिक्री खुला गरिएको थियो। स्थानीयले भने आज साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्। 

कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ आईपीओ बिक्री खुला गरेको छ। 

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारीपुँजीको १० प्रतिशतले हुन आउने ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा पोखरा महानगरपालिकाको वडा नंं. १३, १४, २६ र २७ का स्थानीयले आवेदन दिन पाउनेछन्। 

स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आईपीओ भर्न पाउनेछन्। 

स्थानीयले काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटल, कास्कीको लेखनाथमा रहेका सिद्धार्थ बैंकको शाखा, कामना सेवा विकास बैंकको शाखा, कुमारी बैंकको शाखा र कुमारी बैंककै काहुनखोला शाखाबाट खरिद आवेदन दिन सक्नेछन्। 

भगवती हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।