काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको भदौ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। 

कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका सेलेक्ट–३० (इन्डेक्स फन्ड), डाइनामिक डेप्ट फन्ड, ग्रोथ फन्ड र ब्यालेन्सड् फन्डको वित्तीय विवरण प्रकाशित भएको हो। भदौमा ४ वटै योजनाको न्याभ घटेको छ।  

भदौमा सेलेक्ट–३० को न्याभ घटेर १०.४४ रुपैयाँ कायम भएको छ। गत साउनमा पनि न्याभ १०.५८ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत भदौसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७६ करोड ९८ लाख रुपैयाँ लगानी भएको छ। गत साउनसम्म यस्तो लगानी ७७ करोड ४६ लाख रुपैयाँ थियो।

भदौमा यो योजनाको कुल घाटा ६ करोड ७७ लाख रुपैयाँ रहेको छ। गत साउनमा कुल नाफा ४ करोड ९९ लाख रुपैयाँ थियो।

यसैगरी भदौमा डाइनामिक डेप्ट फन्डको न्याभ भने बढेर १०.०६ रुपैयाँ कायम भएको छ। गत साउनमा यो योजनाको न्याभ १०.०४ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत भदौसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ४९ करोड ७० लाख रुपैयाँ लगानी भएको छ। गत साउनसम्म यस्तो लगानी ४९ करोड ३६ लाख रुपैयाँ थियो।

भदौमा यो योजनाको कुल घाटा १३ लाख ९५ हजार रुपैयाँ रहेको छ। गत साउनमा कुल नाफा २९ लाख ५२ हजार रुपैयाँ थियो।

भदौमा ग्रोथ फन्डको न्याभ घटेर ११.६७ रुपैयाँ कायम भएको छ। गत साउनमा न्याभ ११.८१ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत भदौसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७३ करोड ५ लाख रुपैयाँ लगानी भएको छ। गत साउनसम्म यस्तो लगानी ७३ करोड ९६ लाख रुपैयाँ थियो।

भदौमा यो योजनाको कुल नाफा ४ करोड ६८ लाख रुपैयाँ रहेको छ। गत साउनमा कुल नाफा ५ करोड ८८ लाख रुपैयाँ थियो।

यस्तै भदौमा ब्यालेन्सड् फन्डको न्याभ पनि घटेर ११.१० रुपैयाँ नै कायम भएको छ। गत साउनमा पनि न्याभ ११.१८ रुपैयाँ नै थियो। 

यो योजनाअन्तर्गत भदौसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ६१ करोड १५ लाख रुपैयाँ लगानी भएको छ। गत साउनसम्म यस्तो लगानी ६१ करोड ५५ लाख रुपैयाँ थियो।

भदौमा यो योजनाको कुल नाफा २१ लाख ६२ हजार रुपैयाँ रहेको छ। गत साउनमा कुल नाफा ८५ लाख ६ हजार रुपैयाँ थियो।