काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको भदौ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेका सिटिजन्स म्युचुअल फन्ड–१, सिटिजन्स म्युचुअल फन्ड–२ र सुपर ३० म्युचुअल फन्डको वित्तीय विवरण प्रकाशित भएको हो। 

भदौमा सिटिजन्स म्युचुअल फन्ड–१को न्याभ घटेर ९.७५ रुपैयाँ कायम भएको छ। गत साउनमा पनि न्याभ १०.०८ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत भदौसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७० करोड ७४ लाख रुपैयाँ लगानी भएको छ। गत साउनसम्म यस्तो लगानी ७० करोड ७८ लाख रुपैयाँ थियो।

भदौसम्म यो योजनाको कुल व्यय ४ करोड २ लाख रुपैयाँ रहेको छ। गत साउनमा कुल व्यय १ करोड ३७ लाख रुपैयाँ थियो।

यसैगरी भदौमा सिटिजन्स म्युचुअल फन्ड–२को न्याभ पनि घटेर ९.४६* रुपैयाँ कायम भएको छ। गत साउनमा यो योजनाको न्याभ १०.४९ रुपैयाँ थियो। (*न्याभमा ८ प्रतिशत नगद लाभांश समायोजन गरिएको छ ।’

यो योजनाअन्तर्गत भदौसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ५० करोड ३९ लाख रुपैयाँ लगानी भएको छ। गत साउनसम्म यस्तो लगानी ५० करोड ७० लाख रुपैयाँ थियो।

भदौमा यो योजनाको कुल व्यय ३ करोड ५ लाख रुपैयाँ रहेको छ। गत साउनमा कुल व्यय १ करोड ७२ लाख रुपैयाँ थियो।

भदौमा सिटिजन्स सुपर ३० म्युचुअल फन्डको न्याभ पनि घटेर १०.२५ रुपैयाँ कायम भएको छ। गत साउनमा यो योजनाको न्याभ १०.४६ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत भदौसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ४३ करोड ७० लाख रुपैयाँ लगानी भएको छ। गत साउनसम्म यस्तो लगानी ३८ करोड ८२ लाख रुपैयाँ थियो।

भदौमा यो योजनाको कुल आय १७ लाख ६९ हजार रुपैयाँ रहेको छ। गत साउनमा कुल आय १ करोड ७६ लाख रुपैयाँ थियो।