काठमाण्डौ । गत भदौ २५ गते बिहीबार र भदौ २८ गते आइतबार २ः१५ बजे अगाडिको धितोपत्र किनबेचको राफसाफ तथा फछ्र्यौट आज शुक्रबार हुन गइरहेको छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले स्थगित भएका धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट आज हुने जनाएको हो। सीडीएससीले ती मितिमा राफसाफ हुन नसकेकोेमा अहिले १२ बजेको नियमित समयमा राफसाफ हुने सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
गत भदौ २५ र २८ गते दिउँसो २ः१५ बजेअगावै भएका ६४० वटा कारोबार रद्द गरी बाँकी ४ हजार २९७ कारोबारको राफसाफ तथा फछ्र्यौट हुने सीडीएससीको भनाइ छ।
ती मितिहरुमा नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा प्राविधिक समस्या देखा परेका कारण धितोपत्र कारोबारमा केही त्रुटि भएको ठहर नेप्सेले गरिसकेको छ। नेप्सेले अब ती दिन २ः१५ बजेअघि भएका धितोपत्र कारोबारको म्यानुअली डिल यकिन गरेरमात्र आज राफसाफ हुने जानकारी दिएको छ।
यता सो समयमा खरिद गरेका कम्पनीका सेयरमूल्य निकै घटिसकेका कारण सेयर खरिदबापतको रकम भुक्तानी गरे पनि खातामा सेयर नआएकोप्रति भने लगानीकर्ताहरुले तीव्र असन्तुष्टि जनाइरहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19