bharatpur cancer hospital
काठमाण्डौ । भरतपुर क्यान्सर अस्पतालमा उपकरण खरिद, व्यवस्थापनलगायत विषयमा ठूलो आर्थिक अनियमितता भएको सरकारी छानबिन टोलीले देखाएको छ ।
व्यवस्थापकीय हिसाबले अस्पताल अधाोगतिमा लागेको उजुरी र गुनासोपछि स्वास्थ्य मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन टोलीले अनियमितता भएको ठहर गरेको आजको नागरिक दैनिकमा समाचार छ ।
टोलीको प्रतिवेदन आउनेवित्तिकै स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण सोधेका थिए ।
छानबिनका क्रममा टोलीले आर्थिक रुपमा वाषिर्क बजेटभन्दा बढी र स्रोत नै सुनिश्चित नभई २६ कराेडाैं रुपैयाँभन्दा बढी खर्च भएको देखिएको तर करोडौं मूल्यका उपकरण खरिद प्रक्रियामा आपसी विवादका कारण अडि्कएको जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago