काठमाण्डौ । प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा केन्द्रमा मतदान स्थगित भएको छ।
मतदानस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आएपछि समर्थकले नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। योसँगै त्यहाँ प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो।
स्थिति तनाव नै रहे पनि हाल उक्त केन्द्रको मतदान स्थगित गरिको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। अहिले मतदानस्थलमा सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्न छलफल भइरहेको कार्यालयले जनाएको छ।
चितवनमा १२ बजेसम्म ३७ प्रतिशत मत खसेको छ। यो क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान जारी रहेको छ।
यो क्षेत्रमा १ लाख २४ हजार ६९५ मतदाता छन्।
यो क्षेत्रमा रास्वपाका लामिछानेसँगै लोकतान्त्रिक–बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपानेसहित २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19