काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धकी मेयर उम्मेदवार रणु दाहालको अग्रता कायमै रहेको छ। 

अहिलेसम्म ४८७७ मत गणना गरिँदै माओवादी केन्द्रकी दाहाल निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीभन्दा ८० मतले अगाडि छन्। दाहालले १७२७ मत पाएकी छन्। 

एमाले–राप्रपा गठबन्धनका उम्मेदवार सुवेदीले भने १६४७ मत ल्याएका छन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५७९ मत ल्याएका छन्।

भरतपुरको उपमेयरमा गठबन्धनकै उम्मेदवार चित्रसेन अधिकारीले १८५९ मत पाएका छन्। उनलाई राप्रपाकी हिमला गुरुङले १३३३ मतका पछ्याउँदै छिन्।