काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकामा भइरहेको मतगणना रोकिएको छ।

मतपत्रमा लगाइएको छापको विषयमा विवाद भएपछि एमाले प्रतिनिधिले गणनास्थलमै हुटिङ गरिरहेका छन्।

मुख्य निर्वाचन अधिकृतले सूर्यमा लगाइएको छाप धमिलो भएका कारणले बदर गरिदिएकोमा एमाले प्रतिनिधिहरुले विरोध जनाएका हुन्। 

यसअघि त्यस्तै अरु छापलाई सदर गरेको तर अहिले सूर्यको छापलाई बदर गरिएको एमाले प्रतिनिधिहरुको आरोप छ। उनीहरुको विरोधपछि चितवनका सीडीओ, प्रहरी प्रमुख, मुख्य निर्वाचन अधिकृतसहितको सर्वदलीय बैठक बस्दैछ।

सर्वदलीय बैठकमा विवाद टुंगो लगाएर पुनः मतगणना सुरु हुने बताइएको छ।