काठमाण्डौ । भरतपुरमा धमिलो छाप लागेका सबै मत बदर गर्ने सहमति बनेको छ। 

यसअघि सूर्य चिह्नमा धमिलो छाप लागेका कारण मतपत्र बदर गरेको निहुँमा एमालेका प्रतिनिधिले विरोध जनाएपछि मत गणना कार्य रोकिएको छ। सोही विवाद मिलाउन बसेको सर्वदलीय बैठकले धमिलो छाप लागेका सबै मतपत्र बदर गर्ने सहमति गरेको हो। 

यसअघि सूर्य चिह्नमा धमिलो छाप लागेकै कारण मुख्य निर्वाचन अधिकृतले उक्त मतपत्र सदर गर्न मानेका थिएनन्। त्यसपछि एमालेका प्रतिनिधि बाहिरिएका थिए। 

बाहिर आएर उक्त मत बदर गर्ने कुरामा सहमतिसँगै अब धमिलो छाप लागेका सबै मत बदर गर्ने निर्णय भएको मतदानस्थलमा रहेको एमालेनिकट एक नेताले बताए। ‘अब केहीबेरमै पुनः मत गणनाको काम सुरु हुन्छ’, ती नेताले भने।