काठमाण्डौ । भरतमोहन अधिकारी-नाफिज आर्थिक र सहकारी पत्रकारिता पुरस्कारबाट दुई सञ्चारकर्मी सम्मानित भएका छन्। 

आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औँ वार्षिक साधारणसभा एवं छैटौँ महासभाका अवसरमा ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ बाट दुई सञ्चारकर्मीलाई सम्मानित गरिएको छ। 

यी पुरस्कारबाट सम्मानित हुनेमा सञ्चारकर्मीमा क्रमशः सम्झना घिमिरे र सन्तोष रोकाया छन्। यी दुवै पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ।