 
                     
                                
                             
                                    काठमाण्डौ । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबरबीच नेपालमा भाइबरमार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ।
यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरी टकटाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन्। यस किसिमको साझेदारी एशिया प्रशान्त क्षेत्रमा पहिलोपटक भएको छ। यो सुविधा नेपालका सबै भाइबर प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ।
भाइबरबाटै कारोबार गर्न सकिने सुविधा दिएको विषयमा इसेवाका सीईओ रोशन लामिछानेले भने, ‘विश्वको अग्रणी म्यासेजिङ एप भाइबरसँग सहकार्य गरी नयाँ सुविधा प्रदान गर्दै छौँ। यस किसिमको सहकार्यले प्रयोगकर्तालाई नौलो अनुभूति त दिलाउनेछ नै नेपालको डिजिटल कारोबारलाई अगाडी बढाउन ठूलो भूमिका खेल्छ भन्ने विश्वास लिएका छौँ।’
यस्तै भाइबरका प्रमुख ग्रोथ अधिकृत अन्ना जन्मेन्स्कायाले भने, ‘ हामीले सधै भाइबर प्रयोगकर्तालाई अधिकतम लाभ हुने कुराको कल्पना गरेका छौँ। हाम्रा प्रयोगकर्ताले आफ्नो वित्तीय कारोबार र रकम आदान प्रदानलाई सकेसम्म सुरक्षित र सुविधाजनक बनाउनका लागि प्लेटफर्म निर्माण गरेका छौँ। यस कार्यमा हामी नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायकसँग साझेदारी गर्न पाउँदा उत्साहित छौँ।’
भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनमत १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यास ब्याक पाइनेछ। यस्तै ५० रुपैयाँ ट्रान्सफर गर्दा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ। यसबाहेक साप्ताहिक आधारमा आकर्षक उपहार तथा भौचर जित्ने मौका मिल्नेछ। बम्पर उपहारमा एकजना भाग्यशाली प्रयोकगर्ताले ल्यापटप उपहार पाउनेछन्।
नेपालमा हालसम्म म्यासेन्जिङ एपको प्रयोग सन्देशहरू पठाउन वा प्राप्त गर्न तथा आफन्त वा प्रियजनसँग सम्पर्क गर्नमात्र प्रयोग भइरहेकोमा प्रयोगकर्ताले अतिरिक्त सुविधा प्राप्त गर्न राखेको चाहनालाई मध्यनजर गर्दै रिचार्ज गर्न तथा वित्तीय कारोबार गर्न सकिने सुविधा दिइएको हो।
प्रयोगकर्ताको सुरक्षा, सुरक्षित कारोबार तथा अनधिकृत लेनदेन हुन नदिनका लागि भाइबर र इसेवा दुवै कम्पनीले आवश्यक सुरक्षा मापदण्ड तय गरेका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19