काठमाण्डौ । भारत सरकारले नेपालसहित विश्वका ७ देशमा चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ। 

भारतको वाणिज्य विभागले एउटा सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। भारतले नेपाल, क्यामरुन, कोटे डी’ओइभोर, रिपब्लिक अफ गिरी, मलेसिया, फिलिपिन्स र सिसेल्समा चामल निर्यात प्रतिबन्ध फुकुवा गरिएको सूचनामा उल्लेख छ।  

प्रतिबन्ध फुकुवासँगै नेपालले ९५ हजार मेट्रिकटन चामल आयात गर्न पाउने भएको छ। 

यसैगरी क्यामरुनले १ लाख ९० हजार मेट्रिकटन, मलेसियालाई १ लाख ७० हजार मेट्रिकटन र फिलिपिन्सलाई २ लाख ९५ हजार मेट्रिकटन, १ लाख ४२ हजार मेट्रिकटन, रिपब्लिक अफ गिनीलाई १ लाख ४२ हजार मेट्रिकटन र सिसेल्समा ८०० मेट्रिकटन निर्यात खुलेको छ।

आन्तरिक उत्पादनमा ह्रास आएको भन्दै भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो।