काठमाण्डौ । चालु आर्थिक वर्ष दोस्रो त्रैमास (६ महिना)सम्म भारतबाट २ अर्ब रुपैयाँबराबरको प्याज आयात भएको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा भारतबाट २ अर्ब रुपैयाँबराबरको प्याज आयात भएको हो।
समीक्षा अवधिमा भारतबाट ८ करोड २ लाख ८२ हजार किलो प्याज आयात भएको विभागको तथ्यांकले देखाएको छ। प्याज आयातकर्ताबाट २६ करोड ६२ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको विभागले जनाएको छ।
भारतबाट हरेक वर्ष ठूलो परिमाणमा प्याज आयात हुँदै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19