काठमाण्डौ । सरकारले भारतसँगको खुल्ला सीमाबाट दैनिक हजारौं व्यक्ति नेपाल प्रवेश गरिरहे पनि त्यसलाई नियन्त्रण गर्न नसकिएको स्वीकार गरेको छ ।
सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना रोकथामका लागि गठित उच्चस्तरीय समितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै दैनिक हजारौंको संख्यामा भारतबाट नेपालीहरु भित्रिए पनि त्यसलाई व्यवस्थित गर्न र नियन्त्रण गर्न नसकिएको स्वीकार गरेका हुन् ।
उनले यसरी भारतबाट नेपाल भित्रिनेहरुलाई रोक्न कुटनीतिक माध्यमबाट भारतसँग कुरा गरिरहेको समेत दाबी गरे ।
दुई पक्षीय सन्धी सम्झौताका कारण नेपालले मात्र नाका बन्द गर्न नसक्ने अवस्था रहेको दाबी गर्दै उनले भने–‘जोखिम बढेकै कारण हामीले सीमित नाकाबाट मात्र आवागमन गर्ने विषयमा पनि छलफल भइरहेको छ ।’
डा. खतिवडाले लामो दूरीको यातायात आइतबारदेखि बन्द गर्ने भनिएको र यसपछि स्वतः भीडभाड कम हुने समेत दाबी गरे ।
संचारमन्त्री समेत रहेका खतिवडाले शनिवारसम्म नेपाल प्रवेश गरेका हजारौंको सामान्य स्वास्थ्य जाँच मात्र गरेको स्वीकार गर्दै भने–‘अब यस्तो हुँदैन । जो जहाँ हुनुहुन्छ त्यहीँ बस्नुहोस्, धेरै आवागमन नगर्नुहोस् ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19