काठमाण्डौ । भारतको पञ्जाब राज्यस्थित पटियाला जिल्लामा अहिले तीव्रगतिमा कोरोनाभाइरसको हटस्पट बनिरहेको छ।
पञ्जाबमा शनिबारमात्रै एकैदिन १५ जनामा कोरोना संक्रमण देखिएको छ। जसमा ९ जना पटियाला र ६ जना राजपुराका छन्।
पटियालामा ९ जनामा कोरोना संक्रमण एकजना किताब बेच्नेबाट फैलिएको स्थानीय अधिकारीहरुले बताएका छन्। ती किताब बिक्री पहिले नै कोरोनाबाट संक्रमित रहेको बताइएको छ।
योसँगै अहिलेसम्म पटियालामा २६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
यसअघि लुधियानाको एउटा खाद्यान्न मण्डीस्थित एक व्यापारीमा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनको सम्पर्कमा आएकाहरु अहिले खोजी जारी रहेको छ भने उक्त खाद्यान्न मण्डीसँगै आसपासको क्षेत्रमा सरकारी अधिकारीहरुले सेनिटाइज गरेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19