काठमाण्डौ । रौतहटका दुई युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणको क्रममा दुई युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु दुवैजना केही दिनअघि भारतबाट आएका समेत खुलेको छ ।
संक्रमितमध्ये एकजना बृन्दावन नगरपालिकाका २४ वर्षीय युवक रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी गत चैत २२ गते कोलकाताबाट नेपाल आएका समेत खुलेको छ ।
ती युवकको जनकपुरस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । तर, काठमाडौंमा गरिएको परीक्षणबाट भने पोजिटिभ रिपोर्ट आएको हो ।
यस्तै, अर्का संक्रमित युवक देवाही गोनाही नगरपालिका १ निवासी ३५ वर्षीय पुरुष हुन्। उनी भने वैशाख ४ गते दिल्लीबाट नेपाल आएका थिए।
दुबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ।
रौतहटका यी दुई युवकमा कोरोना पुष्टि भएसँगै अब नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ । यीमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago