काठमाण्डौ । भारतमा केही दिनयता लगातार कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या घटिरहेको छ। 

पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार भारतमा नयाँ संक्रमितको संख्या सवा लाखको हाराहारीमा झरेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा त्यहाँ १ लाख १४ हजार ४६० जना नयाँ संक्रमित थपिएका छन्। यो एक दिनको आँकडा बितेको २ महिनायताकै कम रहेको मन्त्रालयको भनाइ छ।

यो अवधिमा थप १ लाख ८९ हजार २३२ जना निको भएका छन्। निको हुनेको संख्या २ करोड ६९ लाख ८४ हजार ७८१ पुगेको छ। 
हाल भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख ७७ हजार ७९९ रहेको छ। 

पछिल्लो २४ घन्टामा भारतमा २ हजार ६७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ मृतकको कुल संख्या ३ लाख ४६ हजार ७५९ पुगेको छ। 

भारतमा हालसम्म २३ करोड १३ लाख २२ हजार ४१७ जनाले कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। – एजेन्सी