काठमाण्डौ। भारतमा विश्व महामारी कोरोनाभाइरससँग जोडिएका थुप्रै कुराहरु बाहिर आइरहेका छन्। तीमध्ये एउटा आश्चर्यमा पर्ने कुरा बाहिर आएको छ। त्यो हो हरेक १०० जना संक्रमितमा ८० जनामा कोरोनाको लक्षण नै देखिएन।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म फेला परेकासंक्रमितमध्ये ८० प्रतिशतमा कोरोनाको लक्षण नै देखिएको छैन। यसको मतलब हरेक १०० बिरामीमा ८० जनामा लक्षण नै पत्ता लगाउन सकिएको छैन।

वैज्ञानिकहरुका अनुसार संक्रमितमध्ये ८० प्रतिशतमा लक्षण नदेखिनु आश्चर्य र चिन्ताको विषय हो। यदि यस्तो हो भने कोरोना संक्रमित बिरामीको पहिचान गर्न समस्या हुने उनीहरुको भनाइ छ।

इन्डियन काउन्सिल अफ मेडिक रिसर्चका डा रमन आर गंगाखेडकर ८० प्रतिशत संक्रमितमा कोरोनाको लक्षण पत्ता लगाउन सकिँदा आउँदा दिनमा संक्रमितको पहिचान गर्नै मुस्किल पर्ने बताउँछन्। ‘सबैजनाको टेस्ट गर्न पनि सम्भव छैन’, उनले भने, ‘मानिसको इम्युनिटी मजबुत हुनुको कारण भाइरसको संक्रमणले हो। यदि मानिसको शरीरको इम्युनिटी शरीरमा प्रभावित पार्न दिँदैन र मानिस सामान्यजस्तै देखिन्छ तर खतराको विषय त यो बन्न सक्छ कि यस क्रममा उसले अरु मानिसलाई कोरोना संक्रमण सार्न सक्छ।’

स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवाल अहिलेसम्म यो भाइरसको कुनै औषधि वा भ्याक्सिन नबनेको बताउँछन्। ‘अहिले यसको अचूक औषधि भनेकै सामाजिक दूरी हो’, उनी भन्छन्।

यो नयाँ भाइरसका बारेमा जान्नबुझ्न अझै बाँकी रहेको अग्रवाल बताउँछन्। 

उता आईसीएमआरले यदि मानिसमा कोरोनाको लक्षण नै देखिएको छैन भने टेस्ट पोजेटिभ आउने सम्भावना ज्यादै न्यून हुने जनाएको छ। त्यसैले सबै मानिसको टेस्ट गर्नुपर्ने कुरा सायद मुनासिब नहुने आईसीएमआरको तर्क छ। 

आईसीएमआरको तर्कबाट केही विज्ञहरु भने असहमत छन्। पहिचान भएका संक्रमितमध्ये ८० प्रतिशतमा लक्षण नै नदेखिएको अवस्थामा कोरोना रोकथाममा लागिपरेका सरोकारवाला निकायहरुले सावधानी अपनाउनुपर्ने अन्यथा भयवाह रुप लिन सक्ने उनीहरुको चेतावनी छ। 

भारतमा कोरोनासम्बन्धी नयाँ तथ्य र आँकडाहरु स्वास्थ्य मन्त्रालय, कृषि मन्त्रालय, गृह मन्त्रालय र आईसीएचआर राखिरहेका छन्। – एजेन्सी