काठमाण्डौ । भारतमा बितेको २४ घन्टामा ६ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलोपटक हो।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टामा ६ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै शुक्रबार बिहानसम्म संक्रमितको संख्या १ लाख १८ हजार ४४७ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ हजार ५८३ जनाको ज्यान गइसकेको मन्त्रालयले जनाएको छ।

संक्रमितमध्ये ४८ हजार ५०० जना निको भइसकेका छन्। 

हालसम्म भारतमा २७ लाख मानिसको कोरोना परीक्षण गरिएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जनाएको छ। – एजेन्सी