light bulb
काठमाण्डौ । नेपालले आगामी २७ वर्षमा भारतसँगको विद्युत् व्यापारबाट बर्सेनि साढे १० खर्ब आम्दानी गर्नसक्ने एक अध्ययनले देखाएको छ ।
सन् २०४५ सम्ममा नेपालले भारतसँग द्रुत विद्युत् व्यापार गर्नसके १० खर्ब ६९ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्नसक्ने प्रक्षेपण गरिएको छ ।
अमेरिकी सहयोग नियोग (यूएसएड) को आर्थिक सहयोगमा दक्षिण एसिया क्षेत्रीय ऊर्जा एकीकरण पहल (सारी/ईआई) कार्यक्रमअन्तर्गत इन्टिग्रेटेड रिसर्च एण्ड एक्सन फर डेलभमेन्ट (इराडे) ले तयार पारेको नेपाल र भारतबीचको विद्युत् व्यापारबाट हुने अर्थिक लाभसम्बन्धि विश्लेषणात्मक प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो ।
नेपालले हाल भारतबाट दैनिक ३ सय ५२ मेगावाट आयात गरिरहेको छ भने आयातीत बिजुलीका लागि बर्सेनि २० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरिरहेको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेलगायत अमेरिकी र भारतीय राजदूतावासका उच्च अधिकारीले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा रहेको जलविद्युत् उत्पादनको क्षमतालाई उपयोग गर्न सके मुलुकको जीडीपी १ सय ३१ खर्ब रुपैयाँ पुग्ने उल्लेख छ ।
हाल नेपालको जीडीपी २२ खर्ब ४८ अर्ब रुपैयाँ छ । इराडेका सभापति डा. किरित पारिखले विद्युत् निर्यातबाट नेपालले सन् २०२५ सम्ममा ४४ अर्ब, २०३० सम्ममा ३ खर्ब १० अर्ब, २०३५ सम्ममा ५ खर्ब ६५ अर्ब र २०४० सम्ममा ८ खर्ब ४० अर्ब रुपैयाँ आम्दानी गर्नसक्ने अध्ययनले देखाएको जानकारी दिए । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago