काठमाण्डौ । झन्डै साढे ३ महिनापछि नेपालसहित अन्य मुलुकमा प्याज निर्यातमा लगाएको प्रतिबन्ध भारतले हटाएको छ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको बाह्य व्यापार विभागले सोमबार सूचना जारी गर्दै प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय भएको जानकारी गराएको हो। यो निर्णयको कार्यान्वयन भने सन् २०२१ जनवरी १ बाट लागू हुने पनि सूचनामा उल्लेख छ।

भारतले आफ्नै मुलुकमा प्याज अभाव हुने भन्दै साढे ३ महिनाअघि नेपालसहित बंगलादेश, मलेशिया, यूएई र श्रीलंकामा बढी परिमाणमा प्याज निर्यात गर्ने गरेको थियो। जसको परिणाम नेपाली बजारमा प्याजको भाउ ह्वात्तै बढेको थियो। 

नेपाली बजारमा उपलब्ध हुने प्याजमा समेत अधिकांश हिस्सा भारतबाटै आयात हुने गरेको छ। 

गत वर्ष पनि सेप्टेम्बरमा नै भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो। गत वर्ष भारतले प्रतिटन प्याजमा ८५० डलरको न्यूनतम निर्यात मूल्य (एमइपी) लगाएको थियो। त्यसबेला माग र आपूर्तिबीचको निकै ठूलो अन्तरका कारण प्याजको मूल्यमा निकै ठूलो उछाल आएको थियो।

नेपालमा खपत हुनेमध्ये ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। नेपालको स्वदेशी उत्पादनले १५ दिनको मागलाई पनि धान्न धौ पर्छ।