काठमाण्डौ । मार्च १५ बाट भारतबाट चीन जानका लागि भिसा प्रक्रिया सुरु गरेको छ। तर चीनको एउटा सर्तले भारतबाट चीन प्रवेश निकै कठिन हुने भएको छ। 

भारतस्थित चिनियाँ दूतावासका अनुसार भारतबाट चीन प्रवेश गर्न भिसा लिँदा अनिवार्य रुपमा कोरोनाविरुद्धको चिनियाँ भ्याक्सिन लगाएको हुनुपर्नेछ। यसको मतलब चिनियाँ दूतावास र वाणिज्य दूतावासमा त्यस्ता व्यक्ति भिसा प्रक्रियामा सहभागी हुन पाउनेछन्, जसले चीनमा बनेको कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन् र उनीहरुसँग खोप लगाएको प्रमाणपत्र हुनेछ। 

दी हिन्दु अखबारका चीनस्थित संवाददाता अनन्त कृष्णनले ट्विट गर्दै भनेका छन्, ‘चीन जुन देशका यस्तो घोषणा गरेको छ, त्यही देशमा चीनको भ्याक्सिन उपलब्ध छैन।’ –बीबीसी