काठमाण्डौ। विश्वव्यापी महामारी कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर भारतको मुख्य स्टक एक्सचेन्ज भारतीय स्टक एक्सचेन्ज (बीएसई) र नेसनल स्टक एक्सचेन्ज (एनएसई) ले ब्रोकरको निर्धारित स्थानका अलावा अन्य स्थानबाट पनि काम गर्न अनुमति दिएको छ। 

एनएसईले शुक्रबार एउटा सर्कुलर ‘सर्कुलरलाई अपरेसनल बिजनेस कन्टिन्युटी मेजर्स कोबिड–१९’ जारी गर्दै यस्तो अनुमति दिएको हो। त्यस्तै बीएसईले पनि शुक्रबार लगभग यस्तै सर्कुलर ‘कोबिड–१९ अपरेसनल बिजनेस कन्टिन्युइटी मेजर्स’ जारी गर्दै आफूसँग आबद्ध ब्रोकरहरुलाई यस्तो अनुमति दिएको छ।  

यी सर्कुलरको यो मतलब हो कि कोरोनाभाइरसविरुद्ध लड्न देशमा रहेका स्टक ब्रोकर हाउसहरुलाई अन्य स्थानबाट कारोबार सञ्चालनको अनुमति दिइएको हो। 

एनएसईले आफ्नो सर्कुलरमा कोरोनाको महामारीलाई ध्यानमा राखेर ट्रेडिङ सदस्यहरुले आफ्नो कारोबार प्रणाली अन्य कुनै स्थानबाट गर्न सक्ने जनाएको छ। 

यसका लागि केही सर्त भने एनएसईले अगाडि सारेको छ। ब्रोकर हाउसहरुले एउटा आन्तरिक नीति अवलम्बन गर्नुपर्नेछ। अनधिकृत ट्रेडिङ गतिविधि रोकथामका लागि समुचित अनुगमन र नियन्त्रण गर्नुपर्नेछ। 

एनएसईले जो उपयोगकर्तालाई अन्य स्थानबाट टर्मिनल सञ्चालन गर्न अनुमति दिइन्छ, उनीहरुको पूरा विवरण एनएसईलाई पठाउनुपर्नेछ। ब्रोकरहरुले यो जिम्मेवारी पनि उठाउनुपर्नेछ कि टर्मिनलसम्म केवल अधिकृत उपयोगकर्ताको मात्र पहुँच हुनुपर्नेछ। 

एनएसईले आफ्नो सर्कुलरमा अन्य स्थानमा टर्मिनल सञ्चालनभन्दा पहिले सम्बन्धित उपयोगकर्ताको सूची दिनुपर्नेछ। टर्मिनलसँगै सेगमेन्ट र सर्टिफिकेटको विवरण पनि पेस गर्नुपर्नेछ। वैकल्पिक स्थानको विवरण पनि एनएसईमा पेस गर्नुपर्नेछ। 

यो अनमुति केवल ३० अप्रिलसम्मका लागि दिइएको हो। 

यसैबीच एनएसईले आफ्ना पहिलो श्रेणीका कर्मचारीहरुलाई घरबाटै काम गर्न निर्देशन जारी गरेको छ। एनएसईले पहिलो श्रेणीका कर्मचारीलाई घरबाटै र दोस्रो श्रेणीका कर्मचारीलाई कार्यालयबाटै काम गर्न निर्देशन जारी गरेको हो। – एजेन्सी