काठमाण्डौ । कोरोनाभाइरसको संन्त्रासकै कारण भारतीय सेयरबजारमा आज भारतकै इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी गिरावट दखिएको छ।
तीव्रगतिको गिरावटका साथ खुुलेको आजको भारतीय सेयरबजारमा आधी घन्टामै नेगेटिभ सर्किट लागेको थियो। जसका कारण बजार ४५ मिनेटका लागि बन्द गरी पुुनः सुुचारु भएको थियो।
यद्यपि सेयरबजारमा आएको गिरावट थामिनुुको साटो झन् बढ्यो। कारोबारको अन्त्यमा सेन्सेक्स इन्डेक्स ३९३४ अंक घटेर २५९८१ मा र निफ्टी ११३५ अंक घटेर ७६१० मा बन्द भयो।
यो सेन्सेक्स इतिहासमा सबैभन्दा ठूलो गिरावट हो। योभन्दा पहिले गत मार्च १३ मा ३३८९ अंकको गिरावट आएको थियो। बितेको एक महिनाको दौरान भारतीय सेयरबजारमा ३३.२ प्रतिशतको गिरावट आइसकेको छ।
भारतीय सेयर बजारमा गिरावट आउनुको मुख्य कारण रुपमा कोरोनालाई लिइएको छ। कोरोनाले गर्दा अहिले भारतका विभिन्न राज्य मार्च ३१ सम्मका लागि लकडाउनमा भएका छन्।
कोरोनाले गर्दा विश्वका सेयर बजारमा पहिरो आइरहँदा त्यसको प्रत्यक्ष असर भारतीय सेयर बजारमा समेत परेको हो।
लगातारको गिरावटका कारण विदेशी लगानीकर्ताले भारतीय सेयर बजारबाट पैसा निकालिरहेका छन्। उनीहरुले करिब दुुई हप्ताको अवधिमा ५० हजार करोड भारतीय रुपैयाँ निकालिसकेका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago