काठमाण्डौ । भारतीय सांसद डा सञ्जीव कुमारको परिवारका ६ सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ।
भारत आन्ध्र प्रदेशमा वाईएसआर कांग्रेसका तर्फबाट सांसद कुमारको परिवारमा कोरोना यस्तो कहर छाएको हो।
आन्ध्र प्रदेशको कुरनुलमा बसोबास सांसद कुमारका बुवा, भाइलगायत परिवारका ६ सदस्यमा आइतबार कोरोना पोजेटिभ देखिएको हो। उनीहरु सबैको अहिले कुरनुलस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ।
सांसद कुमारकी पत्नी सोही अस्पतालमा चिकित्सक छन्। अस्पतालमा भर्ना भएका सांसद परिवारको अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन्।
आन्ध्र प्रदेशमा राजभवनका चार कर्मचारीमा पनि आइतबारै कोरोना पोजेटिभ देखिएको थियो।
आन्ध्र प्रदेशमा हालसम्म १ हजार ९७ जनामा कोरोना पोजेटिभ देखिएको छ। तीमध्ये ३१ जनाको ज्यान गइसकेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19