काठमाण्डौ । साताको अन्तिम कारोबार दिन भारतीय सेयर बजारले नयाँ उचाइ चुमेको छ।

सेन्सेक्स १७८.३५ अंकले उकालो लाग्दै ४६ हजार १३८.२३ को विन्दुमा पुगेको छ भने निफ्टी ५२.७५ अंकको बढोत्तरीका साथ १३.५३१.०५ को विन्दुमा पुगेर कारोबार भइरहेको छ। यसअघि कारोबारकै क्रममा सेन्सेक्सले ४६ हजार ३०९.६३ र निफ्टीले १३ हजार ५७९.३५ को विन्दुमा पुगेको थियो। यो यी दुवै इन्डेक्सले अहिलेसम्म उच्च विन्दु कायम भएको हो। 

भारतीय बजारमा अहिले चौतर्फी खरिददारी भइरहेको बेला बीएसईमा लिस्टेड कम्पनीहरुका मार्केट क्याप भारु १८३.०५ लाख करोड रुपैयाँ पार गरेको छ। 

निफ्टीमा सरकारी कम्पनीहरुका सेयरमा शानदार उछाल आएको छ। ओएनजीसीको सेयरमूल्यमा ७ प्रतिशतको बढोत्तरी भएको छ। गेलको सेयरमूल्य ५ प्रतिशत बढिरहेको छ। एनटीपीसी, आईओसी र कोल इन्डियाको सेयरमूल्य २–२ प्रतिशतले बढेका छन्। 

आज एसियाली बजारहरुमध्ये जापानको निक्केई इन्डेक्स १०७ अंक तल झरेर २६ हजार ६४९ मा कारोबार भइरहेको छ। चीनको सांघाइ कापोजिट इन्डेक्स पनि ३४ अंकले घटेर ३ हजार ३३८ को विन्दुमा झरेर कारोबार भइरहेको छ। त्यहीँ हङकङको हेंगसेंग इन्डेक्स ८७ अंकले बढ्दै २६ हजार ४९८ को विन्दुमा पुगेर कारोबार भइरहेको छ। – एजेन्सी