काठमाण्डौ । भारतले भारु पाँच सय र हजारको नोटमा प्रतिबबन्ध लगाएपछि महोत्तरीको सीमावर्ती गाउँका गृहिणीको भान्स एक सातादेखि महँगिएको छ ।

महोत्तरीको दक्षिणी क्षेत्रमा पर्ने सम्सी, मठियानी, जलेश्वरलगायतका एक दर्जनभन्दा बढी ग्रामीण क्षेत्रकाहजारौं बासिन्दाको जीवन महँगिएको हो ।  उनीहरु महँगीको मारमा छन् ।

भारतीय बजारमा बढेको महँगीले गरिब तथा विपन्न समुदायको जनजीवन यतिखेर थप प्रभावित बनेको छ ।

यहाँका सर्वसाधारणलाई एक किलो चिनी लिन पनि भारतीय बजार पुग्नुपर्ने बाध्यता छ ।  सीमा क्षेत्रका बासिन्दा सीमावर्ती भारतीय बजार भिट्ठामोड, कन्माबेला,मधुवापुर लगायतका बजारमा नुन, तेल, चामल, दाम , चियापत्ति जस्ता दैनिक उपभोग्य समाग्रीहरु खरिद गर्न जाने गरेका आजको अन्नपूर्णमा समाचार छ।

तर, भारु पाँच सय र हाजरको नोटमा प्रतिबन्ध लागेपछि दैनिक उपभोग्य सामाग्रीको मूल्य ह्वात्तै बढेको छ ।  ३९ रुपैयाँ भारुमा पाइने चीनी अहिले ५० रुपैयाँ भारुमा बिक्री भइरहेको छ ।