काठमाण्डौ । भारतले जनसंख्याको मामिलामा चीनलाई पनि पछि पारेको छ। 

संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार भारत अहिले विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ। भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख पुगेको छ भने चीनको जनसंख्या १ अर्ब ४२ करोड ५७ लाख रहेको छ। चीनको भन्दा भारतको जनसंख्या अहिले २९ लाख बढी रहेको छ। 

सन् १९५० पछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलोपटक हो। 

संयुक्त राष्ट्रसंघले गत वर्ष भविष्यवाणी गरेको थियो कि अर्को वर्ष भारतले जनसंख्याका आधारमा चीनलाई उछिनेको छ।

यसै सन्दर्भमा एनएफपीएको ‘द स्टेट अफ वर्ल्ड पोपुलेसन रिपोर्ट, २०२३’ ले बुधबार आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। यस प्रतिवेदनको नाम ‘८ बिलियन लाइभ्स, इन्फिनिट पोसिबिलिटीजः द केस फर राइट्स एन्ड च्वाइस’ रहेको छ। यी तथ्यांकहरु ‘जनसांख्यिकीय सूचकहरु’को श्रेणीमा दिइएको छ।

गत वर्ष चीनको जनसंख्या चरम सीमामा पुगेको र अहिले घट्न थालेको प्रतिवेदनमा स्पष्ट उल्लेख छ। योसँगै भारतको जनसंख्या पनि बढिरहेको छ। यद्यपि भारतको जनसंख्या वृद्धिदर पनि सन् १९८० पछि घट्दै गएको देखिन्छ। यसको अर्थ भारतको जनसंख्या बढ्दै गएको छ तर पहिलेको तुलनामा अहिले यसको दर घटेको छ।

भारतमा जनसंख्या बृद्धि हुनुमा तीनवटा प्रमुख कारण छन्। पहिलो शिशु मृत्युदरमा कमी आउनुको अर्थ एक वर्ष मुनिका बालबालिकाको मृत्यु घट्दै गएको छ। दोस्रो नवजात शिशु मृत्युदरमा कमी आएको छ अर्थात् २८ दिनसम्मका बालबालिकाको मृत्युदरमा कमी आएको छ। तेस्रो ५ वर्षमुनिको मृत्युदर घट्नु नै हो। –एजेन्सी