काठमाण्डौ । कोरोनाभाइरस महामारीबाट अतिप्रभावित हुने देशहरुको सूचीमा भारत १० औँ स्थानमा उक्लिएको छ।
जोन हप्किन्स विश्वविद्यालयको आँकडाअनुसार भारतमा कोरोनाभाइरसबाट सोमबार बिहानसम्म १ लाख ३८ हजार ५३६ जना संक्रमित भइसकेका छन्। योसँगै भारतमा अतिप्रभावित हुने देशहरुको सूचीमा १० स्थानमा उक्लिएको हो।
अतिप्रभावितको सूचीमा अमेरिका पहिलो स्थानमा छ। त्यसपछि क्रमशः ब्राजिल, रुस, ब्रिटेन, स्पेन, इटाली, फ्रान्स, जर्मनी र टर्की रहेका छन्।
ताजा तथ्यांकअनुसार भारतमा कोरोनाबाट ४ हजार २४ जनाको ज्यान गइसकेको छ। सरकारी आँकडाअनुसार विश्वमै दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको देश भारतमा कोरोना संक्रमणको मामिला हरेक १३ दिनमा दुईगुणा भइरहेको छ।
एकातिर कोरोना संक्रमणको मामिला बढिरहेको अर्को भारत सरकारले लकडाउनका क्रममा जारी गरिएका प्रतिबन्धहरु खुकुलो पार्न थालेको छ।
युनिभर्सिटी अफ मिसिगनका महामारी रोग विशेषज्ञ प्रोफेसर भ्रमर मुखर्जीले भारतमा संक्रमणको मामिला बढ्न अझै कम भइनसकेको बताएका छन्। उनको टिमको अनुमान त कि भारतमा जुलाईको सुरुआतसम्म भारतमा ६ लाख ३० हजारदेखि २१ लाख मानिससम्म यो भाइरसबाट संक्रमित हुन सक्छन्।
अहिले भारतका अधिकांश सरकारी अस्पतालहरुमा शय्याको अभाव भइरहेको छ। कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न परिवारजनले हारगुहार गर्दै थुप्रै अस्पताल धाउने गरेको पाइएको छ।
सरकारी आँकडाअनुसार भारतका अस्पतालहरुमा अहिले कुल ७ लाख १४ हजार शय्या छन्।
भारतको स्वास्थ्य मन्त्रालयले भने भारतमा संक्रमणको मामिला बढ्न सक्ने अनुमानमा कुनै प्रतिक्रिया दिएको छैन। मन्त्रालयले कोरोना संक्रमण पुष्टि हुँदैमा सबै खाले बिरामी अस्पताल भर्ना भइरहनु नपर्ने जनाएको छ। मन्त्रालयले शय्या बढाउने तयारी भइरहेको पनि स्पष्ट पारेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago