काठमाण्डौ । नेप्से परिसूचकमा ६ प्रतिशतको गिरावटसँगै तेस्रो नेगेटिभ सर्किट लागेपछि आज बिहीबारको सेयर बजार साढे २ घन्टाअगावै बन्द भएको छ।
लगातार दुई दिन उछाल आएको सेयर बजारमा आज तेस्रो दिन बिहीबार बजारमा भारी पहिरो खसेको छ। भारी पहिरोसँगै नेप्से परिसूचकमा १२ बजेर २७ मिनेटमा ६ प्रतिशतको गिरावट आएर तेस्रो नेगेटिभ सर्किट लागेपछि नेप्सेले आजको कारोबार स्थगित गरेको हो। यो गिरावटसँगै नेप्से परिसूचक ८०.४१ अंकको गिरावटका साथ १२५६.११ को विन्दुमा सीमित बन्न पुगेको छ।
यसअघि पहिलो नेगेटिभ सर्किट ब्रेकपछि खुलेको कारोबारको ४ मिनेटमै ११ बजेर ४७ मिनेटमै फेरि ५ प्रतिशतको गिरावट आउँदै दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको थियो। योसँगै नेप्सेले कारोबार ४० मिनेटका लागि स्थगित गरिएको थियो।
त्यसअघि कारोबार सुरु भएको २३ मिनेटमै नेप्से परिसूचकमा ४ प्रतिशतको गिरावट आएछि पहिलो नेगेटिभ सर्किट ब्रेक लगाउँदै नेप्सले कारोबार २० मिनेटका लागि स्थगित गरेको थियो।
कारोबार बन्द भएसँगै आज नेप्सेमा सूचीकृतमध्ये १४२ कम्पनीका १० लाख ६१ हजार ८९० कित्ता सेयर ४७ करोड ६६ लाख ५४ हजार ९७१ रुपैयाँमा कारोबार भएको छ।
आज म्युचुअल फन्डबाहेक सबै उपसमूहमा रातो पोतिएको छ।
आज २ वटा कम्पनी सोल्टी होटलको सेयरमूल्यमा १० प्रतिशत र प्रभु बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा घटेर नेगेटिभ सर्किट लागेको छ।
अब धितोपत्र कारोबार आइतबारमात्र खुल्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19