काठमाण्डौ । भक्तपुर नगरपालिकाको मेयरमा झन्डै ९ गुणा मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति विजयी भएका छन्। 

अन्तिम मत परिणामअनुसार सुनिलले २९ हजार २०० मत ल्याएका छन्। उनका निकतटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ३५२ मतमात्र प्राप्त गरेका छन्।

उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९ हजार ६९५ मत ल्याएर विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले २ हजार ७८४ मत पाएकी छन्।