काठमाण्डौ । काठमाण्डौको अनामनगरस्थित भिजन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ३४) ले पनि मार्जिन कारोबार सेवाको सुरुआत गरेको छ ।
कम्पनीको गत असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेअनुसार कम्पनीले आइतबारदेखि मार्जिन कारोबार सेवाको सुरुआत गरेको हो । मार्जिन कारोबार सेवा लिन इच्छुक लगानीकर्ताहरुले छुट्टै नयाँ केवाईसी भरी साइलेन्ट कोड लिनुपर्छ र मार्जिन सेवामा काराबार गरिएका धितोपत्रहरु छुट्टै डिम्याट खातामा जम्मा हुने व्यवस्था छ । त्यसका लागि कार्यालयमा सम्पर्क गरी मार्जिन कारोबार सेवाका लागि सम्झौता गर्न कम्पनीले आफ्नो सेवाग्राहीलाई आग्रह गरेको छ ।
गत असोज १ गते नेपाल धितोपत्र बोर्डबाट सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली–७६’ (पाँचौँ संशोधन २०७६) संशोधन भएपछि ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सेवा सञ्चालन गर्न निर्देशन दिइएको थियो ।
दुई साताअघि क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रालि अर्थात ब्रोकर नम्बर ५० ले मार्जिन कारोबार सेवा सञ्चालनमा ल्याइसकेको छ । नेप्सेले हाल २१ ब्रोकर कम्पनीमार्फत सूचीकृत ३३ कम्पनीमा मार्जिन ऋण प्रवाह गर्न सकिने बताएको छ ।
मार्जिन कारोबार सेवा सञ्चालनको अनुमति पाएका २१ ब्रोकर कम्पनीमध्ये बाँकी रहेका १९ वटा कम्पनीले पनि निकट भविष्यमै यो सेवा सञ्चालनको गृहकार्य थालिसकेका छन् ।
हालसम्म मार्जिन कारोबारको अनुमति पाउने ब्रोकर कम्पनीहरु यसप्रकार रहेका छन्ः
यस्तै, लगानीकर्ताहरुले सबै सूचिकृत कम्पनीका लागि मार्जिन लोनको सुविधा पाउने छैनन् । मार्जिन कारोबारका लागि योग्य कम्पनीका लागि नेप्सेले निश्चित मापदण्ड तयार गरेको थियो, मापदण्ड पूरा गरेका १२ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ९ वटा माइक्रोफाइनान्स, ३ जलविद्युत कम्पनी, एक होटल, अन्य समूहबाट एक कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य हुनेछन् ।
कम्तीमा १० हजार सेयरधनी भएको, कम्पनीको खूद सम्पत्ति चुक्तापूँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशतको दरले लाभांश वितरण गरेको, दोश्रो बजारमा अघिल्लो आर्थिक वर्षभरि कम्तीमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनी मार्जिन कारोबार सुविधायोग्य धितोपत्रको सूचिमा अटाउनसक्ने व्यवस्था रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19