काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ भर्ने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ। 

भिजन लुम्बिनी उर्जाले गत कात्तिक १६ गतेदेखि सर्वसाधाणलाई आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। 

सीडीएससीको तथ्यांकअनुसार हिजो साँझसम्म यो आईपीओमा ८ लाख ४७ हजार ७७० जनाले निवेदन दिएका छन्। जसअनुसार कम्पनीले जारी गरेको आईपीओमा ९८ करोड ८० लाख ४३ हजार रुपैयाँको आवेदन परेको छ। 

लगानीकर्ताले कम्पनीको आईपीओका लागि ९८ लाख ८० हजार ४३० कित्ता सेयर माग गरेका छन्। जुन मागभन्दा ४.७६ गुणा बढीले हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी २ लाख ७ हजार ५२८ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

कम्पनीले २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ। लगानीकर्ताले न्यूनतममा १० कित्ता र अधिकतममा ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। 

यो आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।