काठमाण्डौ । भिजन सेक्युुरिटिज प्रालिले डिम्याट खाता र 'मेरो सेयर'को युुजर निःशुुुल्क उपलब्ध गराउने भएको छ।

केही मर्चेन्ट बैंकहरुका डीपीले निःशुुुल्क डिम्याट खाता र मेरो सेयरको युुजर अभियान चलाइरहेका सन्दर्भमा कोभिड १९ महामारीको असरलाई ध्यानमा राख्दै स्टक ब्रोकर नम्बर ३४ भिजन सेक्युुरिटिजले आगामी असार मसान्तसम्म आम लगानीकर्तालाई राहतस्वरुप निःशुुल्क उक्त सेवा उपलब्ध गराएको जनाएको छ।  आगामी असार मसान्तसम्म नेपाल धितोपत्र बोर्डले मेरो सेयरको युजर निःशुुल्क सेवा दिइन पत्राचार गरेको थियो। 

कम्पनीका अध्यक्ष राजकुुुमार तिमिल्सिनाका अनुुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धितोपत्र बोर्ड र नेप्सेको अनुुमति लिई डिम्याट खाता निःशुुल्क खोलिदिएको बताए।

अनामनगरस्थित केन्द्रीय कार्यालय भिजन सेक्युुरिटिजले पछिल्लो समय निःशुुल्क डिम्याट खाता र मेरो सेयर खोल्ने सुुविधा ब्रोकर कम्पनीहरुमै पहिलो रहेको बताइन्छ।