काठमाण्डौ । के कोरोनाभाइरस संक्रमणबाट बचाउन भिटामिन डी मद्दतगार साबित होला ? अहिले अनुसन्धानकर्ताहरुबीच भिटामिन डीका विषयमा धेरै प्रश्नहरु प्रमुखताका साथ उठिरहेका छन्।
बेलायत सरकारको स्वास्थ्य तथा पोषण विषयमा काम गर्ने संस्थाम साइन्टिफिक एडभाइजरी कमिसन अन न्युट्रिसन तथा नेसनल इन्स्टिच्युट अफ हेल्थ एन्ड केयर एक्सलेन्सले कोरोनामा भिटामिन डीको भूमिकाका विषयमा एउटा रिपोर्ट तयार गरेका छन्।
कोरोना महामारीका क्रममा धेरैजसो मानिस घरभित्रै छन्। यस्तो शरीरमा भिटामिन डीको कम हुनु सामान्य हो। सामान्य अवस्थामा मानिसहरु घरबाहिर धेरै समय बिताउँथे। जसका कारण छालामा सूर्यको किरणमार्फत भिटामिन डीको पूर्ति हुन्थ्यो।
बेलायका नेसनल हेल्थ सर्भिसका अनुसार जो मानिस धेरैजसो समय घरभित्रै बिताउँछन् उनीहरुलाई दैनिक १० माइक्रोग्राम भिटामिन चाहिन्छ।
पब्लिक हेल्थ इङ्ग्ल्यान्डले पनि यो वर्षभरि भिटामिन डी सप्लिमेन्टका रुपमा लिन सल्लाह दिएको छ। किनकि धेरैजसो मानिस घरभित्रै रहेकाले उनीहरुले प्राकृतिक रुपमा पाइने यो भिटामिन पर्याप्त मात्रामा पाइरहेका छैनन्।
सामान्यतः भिटामिन डी हड्डी, दाँत र मांसपेसीहरु स्वस्थ राख्न जरुरी पर्छ। यसको कमीले हड्डी कमजोर हुने, बालबालिकामा सुक्खापन हुनेछ र वयस्कमा यसको कमीले अस्टिमलेसा नामक बिरामी हुने गर्छ।
तर अनुसन्धानकर्ताहरुले यो भिटामिनले शरीरमा रोग प्रतिरोधी क्षमता प्रभावकारी बनाउने र संक्रमणसँग लड्ने क्षमता बढाउने दाबी गरेका छन्। अनुसन्धानले शरीरमा भिटामिन डीको पर्याप्तताले सामान्य फ्लु र अन्य संक्रमणबाट बच्न सकिने देखिएको छ।
भिटामिन डीले कोरोना संक्रमण रोक्न सकिन्छ ?
नेसनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एक्सलेन्सले भिटामिन डीमा भएको अनुसन्धानको समीक्षा गर्दै यसको कुनै प्रमाण फेला नपरेको जनाएको छ। तर विशेषज्ञहरुले यो महामारीका क्रममा यो भिटामिन लाभदायक हुनेमा भने कुनै शंका नरहेको बताएका छन्।
बीएमजे न्युट्रिसन, प्रिभेन्सन एन्ड हेल्थको एक प्रतिवेदनअनुसार मानिसमा भिटामिन डीको कमी हुन नहुनेमा दुईमत छैन किनकि यो स्वस्थ जीवनशैलीको एउटा हिस्सा हो।
त्यसो त भिटामिन डीको सप्लिमेन्ट निकै सुरक्षित हुन्छ तर चिकित्सकको सल्लाह बिना धेरै डोज लिँदा हानिकारक हुनसक्ने जनाइएको छ। भिटामिन डीको सप्लिमेन्ट लिँदा विभिन्न कुराहरु ध्यानमा राख्नुपर्ने हुन्छ। जस्तै १ देखि १० वर्ष उमेर समूहका बालबालिकालाई दैनिक ५० माइक्रोग्रामभन्दा धेरै भिटामिन डीको सप्लिेमेन्ट दिन हुँदैन। त्यस्तै १ वर्षमुनिका शिशुलाई २५ माइक्रोग्राम र वयस्कलाई दैनिक १०० माइक्रोग्रामभन्दा बढी भिटामिन डी हानिकारक हुन सक्छ।
जसलाई किड्नीको समस्या छ उनीहरुका लागि भिटामिन डीको सप्लिमेन्ट सुरक्षित नहुन सक्ने चिकित्सकहरुको राय छ।
विशेषगरी भिटामिन डी माछा र अन्डमा पाइन्छ। अन्न, दहीजस्ता चिजमा पनि यो भिटामिन पाइन्छ। केवल सूर्यको किरणबाट मात्र भिटामिन डी लिन्छु भन्नु पनि गलत हुनेछ। किनकि अत्याधिक सूर्यको किरणले तपाइँको शरीरका छालालाई हानि पुर्याउन सक्छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19