काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण विश्वभर लगातार फैलिरहेको छ। तर एउटा देशको यस्तो पनि छ जहाँ नाममात्रको कोरोना संक्रमण देखिएको छ।
त्यो देश हो भियतनाम। जसको सीमा चीनसँग जोडिएको छ। चीन जहाँबाट विश्वभर कोरोनाभाइरस फैलिएको छ।
भियतनामको कुल आवादी ९.७ करोडको आसपासमा रहेको छ। तल अप्रिल २३ सम्म भियतनाममा केवल २६८ जनामा कोरोना संक्रमण देखिएको छ। यतिमात्रै होइन भियतनाममा अहिलेसम्म एकजनाको पनि यो भाइरसको संक्रमणबाट ज्यान गएको छैन।
सुरुआतमा कोरोनाविरुद्ध भियतनामा जनतालाई जागरुक गर्ने काम भयो। त्यहाँ यो महामारी रोक्न युद्धस्तरमा विभिन्न रणनीति अपनाइयो। अहिले यहाँ सबै किसिमका प्रतिबन्धहरु हटाइएको छ। स्कुलहरु खुला गर्ने इजाजत पनि दिइएको छ।
यहाँ जिज्ञासा यो हुन सक्छ कि भियतनाममा यस्तो के गरियो कि अन्य देशमा पनि कोरोनासँग लड्न त्यस्तो रणनीति तयार गर्न सकून्।
सीमा बन्दको फैसला
यो वर्षको जनवरीको अन्तिम दिन भियतनाममा कोरोना संक्रमणको पहिलो बिरामी फेला परे। त्यसपछि भियतनाममाले चीनसँगको सीमा पूर्ण रुपमा बन्द गर्यो। साथै उसले आफ्ना सबै प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य देशबाट आउने प्रत्येक नागरिकको थर्मल स्क्रिनिङको व्यवस्था मिलायो।
भियतनाम सरकारले यो राम्ररी बुझ्यो कि कोरोना संक्रमण ती मानिसमा देखिने गरेको जो बाहिरी मुलुकबाट आएका छन्। त्यसैले भियतनामले अन्य मुलुकबाट आउनेहरुलाई अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्न आदेश दियो। त्यस्ता मानिसलाई क्वारेन्टाइनमा राख्न होटेलहरु बुक गरिए।
त्यसपछि मार्चको अन्तिम साताबाट भियतनाम सरकारले विदेशबाट प्रवेशमा रोक लगायो। उसले भियतनामी मूलका विदेशी र भियतनामी नागरिकका परिवारका सदस्यसमेतलाई प्रवेशमा रोक लगायो।
कन्ट्याक्ट ट्रेसिङमा जोड
कोरोना संक्रमित मानिसलाई आइसोलेसनमा राख्न थालिएपछि उनीहरुको सम्पर्कमा आएका मानिसहरु पत्ता लगाएर कोरोना टेस्ट गरियो। यतिमात्र होइन उसले आफ्नै देशमा कम मूल्यको टेस्टिङ किट्स विकसित गर्न पनि सफल भयो।
भियतनामसँग ठूलो परिमाणमा मानिसको टेस्टिङका लागि दक्षिण कोरिया र जर्मनी जति संसाधन छैन। संसाधनको अभावका बाबजुद भियतनाम सरकारले कम खर्चमै संक्रमित मानिसको ट्रयाक गर्नुका साथै संक्रमित मानिसलाई आइसोलेसनमा राख्ने व्यवस्था मिलायो।
समाजमा जागरुकता अभियान
भियतनाम सरकारले कोरोनाविरुद्ध मानिसलाई जागरुक गर्नका लागि देशव्यापी अभियान चलायो। यस अभियानमा छोटाछोटा भिडियो र पोस्टरका माध्यमबाट मानिसलाई कोरोनाबाट बच्न विभिन्न तरिकारका बारेमा जागरुक गरियो।
ऐतिहासिक भियतनाम–अमेरिका युद्धमा भियतनामी रणनीतिलाई याद दिलाउने गरी प्रधानमन्त्री ग्युएन जुआन फुकले मानिसलाई लामो समयसम्म महामारीसँग लड्नका लागि तयार हुन अपिल गरे। केनबरीस्थित न्युसाउन वेल्स युनिभर्सिटीका एमिरेट्स प्रोफेसर कार्ल थयार भन्छन्, ‘भियतनामको सामज जागरुक छ। त्यहाँ एकदलीय व्यवस्था छ। प्रहरी व्यवस्था, सेना र पार्र्टी ती तमाम फैसलामा लागू गर्छन् जो शीर्षस्तरमा निर्णय लिइएको हुन्छ। भियतनाम सरकार यस्ता चुनौतीका बेला सोचविचार गरेर फैसला लिन सक्षम पनि भइरहेको छ।’
के भियतनामी रणनीति अन्य देशले अपनाउन सक्छन् ?
बीबीसीका भियतानामी सेवाका एडिटर गियाङ ग्युएनका अनुसार कोरोना रोकथाममा सफल हुनुका बाबजुद पनि यी रणनीतिमा केही कमजोरी छन्। यो रणनीतिअन्तर्गत मानिसलाई छिमेकीमा नजर राख्न बढाउन दिइएको छ। यसका साथै यो पनि आशंका छ कि बलपूर्वक मानिसहरुलाई क्वारेन्टाइनमा राखिने डरले धेरै संक्रमित अझै पनि अगाडि आएका छैनन्।
भियतनाममा जुन तरिका अपनायो, त्यसले त्यहाँको अर्थव्यवस्था पनि प्रभावित भएको छ। थुप्रै कारोबार बन्द भएका छन्। सरकारी स्वामित्व रहेको भियतनाम एयरलायन्सको अमेरिका, युरोपेली मुलुक र पूर्वी एसियाको प्रिमियम रुटमा उडान रद्द गरिँदा करोडौँ डलर नोक्सानी भएको छ।
लकडाउन
भियतनाम कोरोना संक्रमित बिरामीलाई क्वारेन्टाइनमा राख्न सफल भयो। जब कि थुप्रै स्थानमा यसका लागि नागरिकको स्वतन्त्रतामा पनि रोक लगाउनुपर्यो।
प्रभावकारी स्थानीय प्रशासन र सशक्त सुरक्षा व्यवस्थाबो बेलमा भियतनामका केही जिल्ला पूर्ण रुपमा क्वारेन्टाइनमा राख्न सफल पनि भयो। तर युरोपेली मुलुकहरुको जस्तो भियतनामले पूरै देशमा लकडाउन लागू गरेन। राजधानी हनोई र दर्जनको संख्यामा रहेका ठूला सहर लगाइएको लकडाउन पनि हटाइसकिएको छ।
अहिले भियतनामका तीन जिल्ला पूर्ण रुपमा लकडाउनमा छ। त्यहाँ करिब साढे ४ लाख मानिस बसोबास गर्छन्। यी इलाकाको सुरक्षा सेनाको जिम्मा दिइएको छ। अहिले यी इलाकाका मानिस घरबाट बाहिर निस्किन सकिरहेका छैनन्।
ग्युएन भन्छन्, ‘कोरोनाको नराम्रो प्रभावबाट देशलाई बचाउन राजनीतिक इच्छाशक्तिका अलावा संगठित शासन व्यवस्था र आज्ञाकारी जनता पनि हुन पर्याप्त छ।’ – बीबीसीबाट भावानुवादित
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago