काठमाण्डौ । विश्वभरिका अर्थशास्त्रीहरु कोरोनाभाइरस संक्रमण खत्तम भएपछि विश्व अर्थतन्त्र कसरी रिकभर होला भनेर अड्कलबाजी गरिरहेका छन् ।
भाइरस संक्रमणकै कारण विश्व अर्थव्यवस्थामा सन् २००९ को आर्थिक मन्दी र दोस्रो विश्वयुुुद्धपछिकै सबैभन्दा ठूूलो आर्थिक संकट आउनसक्ने भविष्यवाणी हुन थालेको छ ।
भी सेपमा जुन रफ्तारमा अर्थव्यवस्थामा मन्दी आउँछ त्यति नै रफ्तारले यूटर्नको अवस्था पनि हुन्छ । तर, कतिपय अर्थशास्त्रीहरु चिन्तित छन् कि तेजीको फिर्ती प्रक्रिया यूू सेपमा हुुनसक्छ ।
केही निराशावादी अर्थशास्त्रीका अनुुसार यो प्रक्रिया एल वा डब्लूू सेप वा नाइक श्वूूस(टिक सेप)मा आउनसक्छ ।
जेपी मोर्गन चेज एण्ड कम्पनीका मुुख्य अर्थशास्त्री ब्रूूस कसमान र उनको टिमले तयार पारेको रिपोर्टमा आफ्ना ग्राहकलाई यो भने कि भाइरस संक्रमणको यात्रा, संक्रमण रोक्न गरेको कोशिसको असर, आर्थिक राहतका नीतिहरु र निजी क्षेत्रको व्यवहारका बीच जटिल सम्बन्ध हुुन्छ । भविष्य अनिश्चितपूूर्ण छ । प्रत्येक अवस्थामा रिकभरी यसप्रकार हुुुनेछ ।
भी सेप
भी सेप रिकभरी प्रक्रिया तब हुुन्छ जब अप्रिल वा मेसम्म विश्वबाटै भाइरस संक्रमण पूूर्ण रुपले निस्तेज हुुुनेछ । यसपछि सामाजिक दूूरीका नियमलाई खुकुलो पार्दै लगिन्छ । यसपछि माग खुुुल्नेछ र ठूूलो परिमाणमा वित्तीय तथा मौद्रिक राहत प्याकेज जारी गरिन्छ ।
कम्पनीहरुमा कामकाज फेरि सामान्य ढंगबाट सुुरु हुुनेछ ।
कर्मचारीहरुलाई निरन्तरता दिने सरकारी कोशिस सफल हुुनेछ र बेराजगारीमा गिरावट आउनेछ ।
यसले अर्को वर्षको सुुरुमा भाइरसको संकटभन्दा अघिको अवस्थामा अर्थव्यवस्थालाई फर्काइसक्नेछ ।
चीनको मार्च महिनाको खरिद सूचकांकको आँकडाले यस्तै किसिमको रिकभरीको संकेत दिइरहेको बताइएको छ ।
चीनमा फ्याक्ट्रीहरुले आफ्नो काम पुुनः सुुरु गर्न थालेका छन् ।
चीनको आधिकारिक र काइक्सिन फ्याक्ट्री सेन्टिमेन्ट डेटाले अर्थव्यवस्था बिस्तार हुन थालेकोतर्फ संकेत गर्दछ ।
मेक्वेरी समूूहका लैरी हूू सहित कतिपय अर्थशास्त्रीहरु यद्यपि भन्छन्, भी सेपको रिकभरीका लागि अहिले पनि कतिपय चीज अनुुकुुल हुुन जरुरी छ ।
बिशेषगरी तबसम्म जब दोस्रो त्रैमासमा विश्वव्यापी मन्दी, भाइरस संक्रमण फेरि बढ्ने, मूल्यमा गिरावट तथा घरेलू प्रोपर्टी मार्केटको खराब अवस्था बनिरहन्छ ।
यूू सेप
यूू सेप रिकभरी तब आउनेछ, जब भाइरस संक्रमण आगामी जूूनसम्म पूूर्ण रुपमा निस्तेज गरिँदैन र यसैमुुताबिक सामाजिक दूूूरीको नियम तोड्न केही समय लाग्नेछ ।
सरकार र केन्द्रीय बैंकको राहत प्याकेजका कारण केही मागका क्षेत्रहरु खुुुल्ने, तर मानिसहरु खरिदारी गर्न वा रेष्टुुरेण्टमा खान दौडिदैनन् ।
यसकारण चाहिँ कम्पनी र फ्याक्ट्रीहरुमा कामकाजको क्षमता फिर्ता हुुन केही समय लाग्नेछ र मन्दीका बेलामा जति पनि मानिसहरुको नोकरी छुुट्यो, उनीहरुमध्ये हरेक एकले पुुनः काम पाउने छैनन् । मन्दीको बेलामा लिइएको कर्जा मानिसहरु भुुक्तान गर्न सक्ने छैनन् । यूू सेप रिकभरीमा सन् २०२० को अन्तसम्म वा त्यसपछि अर्थतन्त्र तीव्र रिकभरि हुनेछ । स्टाण्डर्डं चार्टड बैंक कोरिया लिमिटेडमा कोरियाली अर्थतन्त्र रिसर्चका प्रमुुख चोंग हूून पार्क भन्छन्–‘चीनको आर्थिक सुुस्ती तुुरुन्त हट्ने आशा छैन । यसका लागि मलाई यूू सेप रिकिभरीको सम्भावना धेरै देखेको छुु ।’
एल सेप
एल सेप रिकभरी तब आउनसक्छ जब भाइरस संक्रमण जूूनपछि पनि निरन्तर रहन्छ र यसका कारण सामाजिक दूरीको नियम जूूनपछि पनि यथावत नै रहन्छ । यस्तो अवस्थामा मानिसहरुले सेवासुुविधा र गतिविधिहरुमा खर्च गर्न सुुरु गरेका हुुँदैनन् । उनीहरु घरमा नै टीभीमा फिल्म हेर्नेछन् ।
संकटको समयमा कर्जाको भुुक्तानी गर्न मानिसहरुलार्ई कठिनाइ हुुनेछ । कतिपय कम्पनी बैंकको कालोसूचिमा पर्नसक्छन् । सेयर बजारमा पनि उछाल देखिनेछैन । मागमा तेजी ल्याउन सरकारलाई धेरै राहत प्याकेज घोषणा गर्नुुपर्ने हुुन्छ । फैथम कन्सल्टिङका अर्थशास्त्री एरिक ब्रिटन भन्छन्–‘यदि कोरोनाभाइरस पुुनः फिर्ता भए मन्दी लामोसमयसम्म लम्बिनसक्छ ।’
डब्लूू सेप
डब्लूू सेप रिकभरी तब हुुन्छ जब भाइरस फेरि फिर्ता हुुन्छ । लण्डनको इम्पेरियल कलेजका प्रोफेसरका अनुुसार संक्रमणको रोकथाम उचित समयमा रोक्न सकिएको खण्डमा कोरोनाभाइरस संक्रमण पुुनः बढ्न सक्दछ । त्यसपछि सरकारले पुुनः सबै प्रतिबन्ध लगाउनेछ । यसका कारण पुुनः अनिचिश्तता पैदा हुुनेछ र पुनः कम्पनीका कामकाज पनि बन्द गर्नुुपर्ने अवस्था आउनेछ । यस प्रक्रियामा रिकभरीपछि पुुनः मन्दी सुुरु हुुनेछ ।
टिक सेप वा नाइक जुत्ताको जस्तो सेप
टिक आकारलाई नाइक जुुत्ताको आकारबाट जानिन्छ । यो नाइक कम्पनीको लोगो आकारको रिकभरी तब हुुुन्छ जब प्रतिबन्धहरु विस्तारै हटाइनेछ । यस्तो अवस्थामा कारोबार गतिविधिमा विस्तारै विस्तारै तेजी आउनेछ र मानिसहरु पनि विस्तारै खर्च बढाउँदै जानेछन् । विशेषगरी उनीहरुलाई कर्जाको बोझ हुुन्छ । उत्पादनको स्तर सन् २०२१ मा पनि पूूर्वसंकट स्तरभन्दा कम हुुनेछ ।
बेरेनबर्ग बैंकका अर्थशास्त्री होल्जर स्कमेडिङ र कालूूम पिकरिङले तीव्र गिरावटका कारण विस्तारै विस्तारै तेजी आउने र अन्ततः जीडीपीको आकार कोरोनाभाइरस संकटकोभन्दा पहिलोको स्तरभन्दा ठूूलो हुुने दाबी गरेका छन् । यस्तो अवस्था आउन दुुईवर्षभन्दा केही बढी समय लाग्नसक्छ ।
(एजेन्सीबाट भावनुवाद)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19